स्कुल बन्दहुदा लाखौं बालबालिकाहरुमा सिकाइमा प्रभाब ?


लेखक : सुन्दराञ्चल      माघ १४, २०७८ मा प्रकाशित     
स्कुल बन्दहुदा लाखौं बालबालिकाहरुमा सिकाइमा प्रभाब ?

काठमाडौं माघ १४, धारिनी माथुरका छोराले प्रारम्भिक स्कुल सुरु गरेका बेला ४ वर्षका  मात्रै थिए । उनी अझैपनि कम्प्युटरको स्क्रिन पछाडि बस्छन् र भर्चुअली भएपनि सिक्ने प्रयासमा  छन् । घरमै बसेर पढ्नाले साथी र शिक्षकहरुसँग उनको  शून्य सम्पर्क छ ।
उनी पनि भारतको राजधानी दिल्लीका ४० लाख भन्दा बढी बालबालिका मध्येका एक हुन्, जो कोरोनाभाइरसको महामारीका कारण कक्षा कोठा भन्दा बाहिर बस्न बाध्य छन् ।

हालको समयमा लामो समयदेखि भइरहेको बन्दले सिकाइको क्षमतामा नराम्ररी असर पारिरहेको माथुरले बताइन ।
‘हाम्रो सानो छोरा स्कुल जान पाएको छैन । साथीसंगतीसँग अन्तरक्रिया हुन पाएको छैन,’ माथुरले भनिन् ।  यो आइसोलेसन र विकासको अभाव वास्तवमै  संवेदनशील भएको छ ।
दिल्ली सरकारले सन् २०२०  को मार्चदेखि स्कुल बन्द गर्ने आदेश दिएको थियो । उक्त समयमा कोरोना भाइरसका संक्रमित देखिन थालेका थिए । दिल्लीमा स्कुलहरु झन्डै २ वर्षदेखि बन्द अवस्थामा रहँदै आएका छन् । यो विश्वकै लामो समयसम्म गरिएको स्कुल बन्द हो । यसले आफ्ना जनताको सिकाइको विकासमा नराम्रो असर पारेको छ । लामो समयसम्मको सिकाइको घाटाले गरिबी बढाउने, कमाउने क्षमता घटाउने र लाखौँ व्यक्तिको मानसिक र शारीरिक स्वास्थ्यमा असर पार्ने देखिन्छ ।
दिल्लीमा मात्रै  लाखौँ बालबालिकहरु जो न्यून आम्दानी भएका समुदायका छन्, उनीहरु ल्यापटपको अभावका कारण सरसफाइ नभएको ठाउँमा बसेर पढ्न बाध्य  छन् । यदि यो समय अझै लम्बिने हो भने उनीहरु पढाइ छोड्नका लागि बाध्य हुनेछन् ।
अगस्टमा माथुरले राज्य सरकार समक्ष झन्डै ६ महिनापछि स्कुल खोल्नका लागि  आग्रह गरेकी थिइन । दिल्लीका अधिकारीहरुले प्रतिबन्ध खुकुलो पार्नका लागि छलफल गरेका थिए ।
यो बैठकमा दिल्लीका मुख्य मन्त्री र उनका उप प्रमुखको उपस्थिति थियो । एजेन्सी

सीएनएन

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap