सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल साइमन को सुदूरपश्चिम क्षेत्रीय सम्मेलन


लेखक : सुन्दराञ्चल      फाल्गुन २७, २०७९ मा प्रकाशित     
सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल साइमन को सुदूरपश्चिम क्षेत्रीय सम्मेलन

सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल साइमन को सुदूरपश्चिम क्षेत्रीय सम्मेलन हुने भएको छ।
सिकलसेल रोगबारे सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरूलाई अभिमुखीकरण गर्ने उद्देश्यले शनिवार धनगढीमा सम्मेलन हुन लागेको हो। धनगढीमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा सम्मेलनबारे वरिष्ठ फिजिसियन तथा सम्मेलनका संयोजक प्राध्यापक डाक्टर शुवेशराज कायस्थ,
बरिष्ठ फिजिसियन डा शेरबहादुर कमर ले जानकारी दिएका हुन्। सम्मेलनमा धनगढीमा कार्यरत विशेषज्ञ चिकित्सकसहित नेपालगन्ज, टीकापुर, महेन्द्रनगर, काठमाडौं तथा भारतबाट आमन्त्रित विशेषज्ञहरूले १६ ओटा विभिन्न विषयगत कार्यपत्र प्रस्तुत गरिदै छ ।

देशभर करिब ७ सय सदस्य भएको सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल ९साइमन० देशभरिका फिजिसियन चिकित्सकहरूको सबैभन्दा ठुला पेशागत संस्था हो। धनगढीमा हुने सम्मेलनमा विभिन्न विषयका चिकित्सकहरू एउटै ठाउँमा बसेर एउटै रोगको बारेमा छलफल तथा विचार मन्थन गरिने यो क्षेत्रीय सम्मेलन सिकल सेल रोग लागेका बिरामीको हेरचाह तथा उपचारमा ठुलो सहयोग पुग्नेछ । हाल सुप प्रदेशमा १ हजार २ सय ६ जना सिकलसेलका विरामिहरु रहेकाछन् । जसमध्य सेती प्रादेसिक अस्पतालमा मात्रै ८ सय ३६ जना रोगीहरु रहेकाछन् ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap