सेयर कारोबार सिंहदरबारभित्र गरिएको पाएपछि कर्मचारीलाई सेयर कारोबार रोक लगाउने तयारी


लेखक : सुन्दराञ्चल      भदौ २३, २०८१ मा प्रकाशित     
सेयर कारोबार सिंहदरबारभित्र गरिएको पाएपछि कर्मचारीलाई सेयर कारोबार रोक लगाउने तयारी

काठमाडौं ३ भदौ, सिंहदरबारभित्रका कर्मचारी कार्यालय समयमा सेयर कारोबारमा व्यस्त भएपछि सेवामा अवरोध भएको भन्दै केही दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एउटा उजुरी पर्‍यो ।

सोही उजुरीपछि अख्तियारको टिमले सिंहदरबारमा छड्के अनुसन्धान गर्यो । सो क्रममा उजुरीअनुरुप विभिन्न मन्त्रालयका केही कर्मचारीले सेयर कारोबार गर्ने गरेको पाइयो । ‘कार्यालय समयमै सरकारी स्रोत, साधनलाई व्यक्तिगत प्रयोजनमा खर्चिएको पाइयो’ अख्तियार स्रोतले भन्यो ‘सिंहदरबारभित्र त्यसरी कारोबार हुँदा सेवामा असर पारेकाले प्रधानमन्त्री कार्यालयलाई सिंहदरबारभित्र कर्मचारीलाई सेयर कारोबारमा निरुत्साहन गर्न भनेर पत्र पठाएका छौं ।’

प्रधानमन्त्री कार्यालयले सो पत्र अध्ययन गर्दै आईटीको टिमसँग हाल छलफल गरिरहेको छ । छलफलपछि सिंहदरबारभित्र सेयर कारोबारलाई निरुत्साहन गर्नेगरी निर्देशन गरिने भएको छ । ‘सरकारी स्रोत, साधनको परिचालन गरी कर्मचारीलाई सेयर कारोबार गर्न रोक लगाउने विषयमा आईटी टीमसँग छलफल भइरहेको छ, यसबारे छिट्टै निर्णय हुन्छ’ स्रोतले भन्यो ।

सिंहदरबार मात्रै नभई मुख्यतः काठमाडौंका कयौं सरकारी कार्यालयहरुमा कार्यालय समयमा सेयर कारोबार हुने गरेको छ । कर्मचारी सेयर कारोबारमा व्यस्त हुँदा सार्वजनिक सेवामा असर पर्ने मात्रै नभई सरकारी स्रोत साधन समेत व्यक्तिगत प्रयोजनमा दुरुपयोग हुने गरेको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app download
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap