सर्लाहीमा सेप्टिक ट्यांकीभित्र बालकको शव भेटियो,


लेखक : सुन्दराञ्चल      चैत्र २४, २०७८ मा प्रकाशित     
सर्लाहीमा सेप्टिक ट्यांकीभित्र बालकको शव भेटियो,

२४ चैत, जनकपुरधाम । सर्लाहीमा सेप्टिक ट्यांकीभित्र एक बालकको शव फेला परेको छ ।

पछिल्लो ५ दिनयता हराइरहेका मलंगवा नगरपालिका–१२ गम्हरियाका १० बर्षीय आकाश ठाकुरको शव सेप्टिक ट्यांकीभित्र फेला परेको हो ।

बिहीबार बिहान छिमेकी जगदिश ठाकुरको घरमै टाँसिएर रहेको शौचालयको सेप्टिक ट्यांकीभित्र बालकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी माधव प्रसाद बूढाथोकीले जानकारी दिए ।

बालकको हत्या गरी शव बोराभित्र हालेर से प्टिक ट्यांकीमा फालिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । २० चैतमा गाउँमै आयोजना गरिएको भोज खान जाँदा हराएका आकाश राति अबेरसम्म घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । खोजी गर्दै जाँदा प्रहरीले बालकको शव फेला पारेको हो ।

प्रहरीले बालकका छिमेकी जगदीश ठाकुरसहित ७ जनालाई नियन्त्रणमा लिएको बूढाथोकीले जानकारी दिए ।

बालकको शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवास्थित अस्पताल लगिएको छ । यस सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap