सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत नेताहरु


लेखक : सुन्दराञ्चल      भदौ ५, २०८० मा प्रकाशित     
सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत नेताहरु

काठमाडौं ५ भदौ,  । सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत नेताहरुले आज त्यसको संरचना र कार्यक्षेत्र टुंगो लगाउँदै छन् ।

सोमबार बेलुका सिंहदरबारमा बसेको राष्ट्रिय मान्यताप्राप्त दलहरुको संयुक्त बैठकमा सुन तस्करीबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने सहमति भएको थियो । सो समितिको संरचना र कार्यक्षेत्रको प्रस्ताव तयार पार्न नेकपा एमालेका सुवास नेम्वाङ, नेपाली कांग्रेसका रमेश लेखक र माओवादी केन्द्रका हितराज पाण्डेसहितको कार्यदल पनि गठन गरिएको थियो ।

सो कार्यदलको बैठक आज बिहान ११ बजे बस्दैछ । सोही बैठकले उच्चस्तरीय छानबिन समितिको संरचना र कार्यक्षेत्रको मस्यौदा तयार पारेर आज दिउँसो बस्ने शीर्ष नेताहरुको बैठकमा पेस गर्ने छ । शीर्ष नेताहरुको बैठक दिउँसो दुई बजे बोलाइएको छ ।

दिउँसो बस्ने शीर्ष नेताहरुको बैठकले उच्चस्तरीय छानबिन समितिको संरचना र कार्यक्षेत्रलाई अन्तिम रुप दिएपछि समिति गठन हुने नेताहरुले बताएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार छलेर बाहिरिएको सुनसहितको १५५ किलो ‘ब्रेक शु’ गत साउन ३ गते सिनामंगलबाट राजश्व अनुसन्धान विभागले बरामद गरेपछि प्रमुख प्रतिपक्षी दल एमालेले सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० गतेदेखि संसद अवरुद्ध गर्दै आएको छ । एमालेको माग अनुसार उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकार सहमत भएकाले अब संसदको अवरोध हट्ने विश्वास छ ।

उच्चस्तरीय समिति गठन हुनुपर्ने एमालेको माग र सरकारी संयन्त्रलाई नै छानबिन गर्न दिनुपर्ने सरकारको अडानका कारण संसद अवरुद्ध हुँदा महत्वपूर्ण विधेयकहरु अलपत्र परेका थिए ।

सुन तस्करीको विषयमा सुरुका १९ दिनसम्म राजश्व अनुसन्धान विभागले अनुसन्धान गरेको थियो । त्यसमा संगठित गिरोह संलग्न भएको खुलेपछि थप छानबिन गर्ने जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)लाई दिइएको थियो ।

यो प्रकरणमा हालसम्म २३ जना पक्राउ परिसकेका छन् । ‘ब्रेक शु’बाट छुट्टयाइएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको थियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap