सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले घटेको छ


लेखक : सुन्दराञ्चल      बैशाख ७, २०७९ मा प्रकाशित     
सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले घटेको छ

काठमाडौं ७ वैशाख, काठमाडौं । बुधबार सुन र चाँदीको मूल्यमा ठूलो गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघअनुसार सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य तोलामा एक लाख ६ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य एक लाख १०० रुपैयाँ कायम भएको छ ।

महासंघले चाँदीको मूल्य १ हजार ३८५ रुपैयाँ तोकिएको छ । मंगलबार एक लाख २ हजार २ सयमा छापावाल, एक लाख एक हजार ६०० रुपैयाँमा तेजावी र १ हजार ४२० रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap