सुदूर नेपाल संस्कृति सेवाको आयोजनामा धनगढीमा राष्ट्रिय टोपी दिवस मनायो


लेखक : सुन्दराञ्चल      पुस १६, २०८० मा प्रकाशित     
सुदूर नेपाल संस्कृति सेवाको आयोजनामा धनगढीमा  राष्ट्रिय टोपी दिवस मनायो

महादेव गिरी संवाददाता

धनगढी पुष १६, धनगढीमा पनि राष्ट्रिय टोपी दिवस मनाइएको छ। आज अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ को पहिलो दिन राष्ट्रिय पोसाक तथा टोपी दिवस अबसरमा सुदूर नेपाल संस्कृति सेवा समाजको आयोजनामा राष्ट्रिय टोपी दिवस मनाएको हो।

राष्ट्रिय टोपी दिवसको अवसरमा धनगढीको चौराहा देखी प्रभात फेरि र्याली निकालिएको थियो। सुदूरपश्चिम मुख्य मन्त्री कार्यलय हुँदै, धनगढी उपमहानगरपालिका,जिल्ला प्रशासन कार्यलय लगायत बिभिन्न निकायमा गएर राष्ट्रिय टोपी दिवस मनाएका हुन।

नेपाली टोपी र पोसाकको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फूर्त रूपमा ईस्वी संवतको नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो। हामीले नै हाम्रो पहिचानलाइ जोगाउने काम नै हाम्रो हो भन्दै य दिवस मनाएको भन्दै आज राष्ट्रिय टोपी दिवस भव्यताका साथ मनाइदैछ।

मेरो टोपी हिमालको हिम चुली जस्तो,मेरो टोपी पहाडको भिर जस्तो ,मेरो टोपी तराईको फेद जस्तो ,नेपाली टोपीको साइनो बङ्गलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ। विशेषतः भादगाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रूपमा लिने गरिन्छ। तर विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गर्छन्। यो दिन नेपाल र नेपाल बाहिर रहेका नेपाली समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी धूमधामका साथ नेपाली टोपी दिवस मनाउने गरेका छन्। यो लहरसँगै पछिल्लो समय नेपाली टोपी लगाउनेको सङ्ख्या बढिरहेको छ।

Open photo

 

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap