सुदूरपश्चिम लोकसेवा आयोगले प्राविधिकतर्फ कर्मचारी माग


लेखक : सुन्दराञ्चल      बैशाख १४, २०८० मा प्रकाशित     
सुदूरपश्चिम लोकसेवा आयोगले प्राविधिकतर्फ कर्मचारी माग

 बैशाख १४,  : सुदूरपश्चिम लोकसेवा आयोगले प्राविधिकतर्फ कर्मचारी माग गरेको छ। आयोगले सहायक चौथो प्राविधिक तर्फ विभिन्न पदको पदपूर्तिको लागि विज्ञापन खोलेको छ। आयोगले बिहिबार सूचना प्रकाशित गरी चौथो प्राविधिक तर्फ विभिन्न पदका लागि जागिर खुलाएको हो।

खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ती गर्ने गरी दरखास्त आह्वान गरिएको छ। योग्यता पुगेको उम्मेदवारले अनलाइनमार्फत् फारम भर्न सक्नेछन्। आयोगले जेठ ३ गतेसम्म म्याद दिएको छ भने दोब्बर दस्तुरको म्याद जेठ १० गतेसम्म तोकेको छ।

१८ वर्ष पूरा भइ ३५ वर्ष ननाघेका उम्मेदवारले आवेदन दिन सक्नेछन्। साथै महिला तथा अपांगता भएका उम्मेदवारहरुको हकमा ४० वर्ष उमेर अधिकतम उमेर कायम गरिएको छ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap