महादेव गिरी संवाददाता
धनगढी जेष्ठ २२, सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक यातायातमा नयाँ भाडादर कायम गरेपनी बाजुरामा भने पुरानै भाडा यात्रुहरु तिर्नृ परेको छ । जेठ १६ गते बसेको मन्त्रीपरिषद् बैठकले प्रदेशका ३१ वटा रुटमा लामो, मध्यम र छोटो दुरीमा चल्ने सवारीसाधनको नयाँ भाडादर कायम गरेको हो।
तर सुदूरपश्चिम प्रदेश सरकाले तोकेको भाडादर बाजुरामा कायम नभएको बाजुरा बाट आउने यात्रुहरुले बताउन्छन् । सुदूरपश्चिम प्रदेश सरकारले जेठ १८ गतेबाट कायम हुने गरी गरेको निणर्य अनुसार धनगढी देखि बाजुराको सदरमुकाम मार्तडी,
तिपाडा,ताप्रीसेरा,फालासैन,बाम्का बजार,मालिका बजार,लयातको सम्मको भाडा कायम नभएको पाइएको छ । ३ सय १७ किलोमिटर सडकमा १ हजार १ सय ४१ रुपैयाँ प्रदेश सरकार कायम गरेपनि यो नियम बाजुरामा भने लागु हुन सकेको छैन । तर बाजुराको सदरमुकाम मार्तडीबाट धनगढी जाने यात्रुहरुले अहिलेपनि १ हजार ५ सय ८४, बाम्का बजार देखी अत्तरिया सम्म,१ हजार ३ तिन सय, धनगढी सम्म १ हजार ३ तिन सय ४० चालिस रकम तिर्दै आएका छन् ।
भने यता यातायात व्यवसायी समिती भने सुदूरपश्चिम प्रदेश सरकारले निणर्य गरे अनुसारको नयाँ भाडादर कायम बारे यातायात व्यवसायीहरुलाई कुनै जानकारी नभएपछि बाजुरामा यात्रुहरुबाट पुरानै भाडादरमा यात्रुहरुलाई पठाउने काम भईरहेको बाम्का काउन्टरका प्रतिनिधि पदम बहादुर थापाले बताएका छन्