सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि ल्यापटप खरिद गरिदै…


लेखक : सुन्दराञ्चल      चैत्र १२, २०८१ मा प्रकाशित     
सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि ल्यापटप खरिद गरिदै…

धनगढी चैत  १३, साढे ३१ लाख रुपियाँ बढी खर्चेर सुदूरपश्चिम प्रदेश सभाका सदस्यका लागि ल्यापटप खरिद हुँदैछ।

प्रदेश सभा सचिवालयले ४३ जना प्रदेश सभा सदस्यका लागि नयाँ ल्यापटप गरिद गर्न लागेको हो। प्रदेश सभा सदस्यको कामकारबाहीलाई सहज र प्रविधिमैत्री बनाउनका लागि प्रदेश सभा सचिवालयले नयाँ दिने जनाइएको छ।

प्रदेश सभा सचिवालयले लेनेभोको आई–५ एसेसोरिज भएको ४३ थान ल्यापटप खरिदका लागि फर्मसमेत छनोट गरिसकेको छ। ल्यापटप खरिदका लागि माघ १५ गते बोलपत्र आह्वान गरेको थियो। आठ बोलपत्र दर्ता भएकोमा सबैभन्दा कम अङ्क कबोल गर्ने धनगढीकै उग्रतारा ट्रेडिङ एण्ड सप्लायर्सको बोलपत्र छनोट भएको छ। सो फर्मले ३१ लाख ८२ हजार ६४५ रुपियाँ मूल्य अभिवृद्धि करसहित मा ४३ थान ल्यापटप उपलब्ध गराउने कबोल गरेको छ।

बोलपत्र छनोट भइसकेकाले अब चाँडै नै ल्यापटप खरिद हुने प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले बताउनुभयो। सुदूरपश्चिम प्रदेश सभामा ५३ जना प्रदेश सभा सदस्य रहेकोमा १० जना सरकारमा हुनुहुन्छ। मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्रीबाहेकका प्रदेश सभा सदस्यका लागि प्रदेश सभा सचिवालयले नयाँ ल्यापटप खरिद गर्न लागेको हो।

यसअघि, अघिल्लो प्रदेश सभाका सदस्यलाई पनि ल्यापटप दिइएको थियो। प्रदेश सभा सचिवालयले आई–३ एसेसोरिज भएको लेनेभोकै ४६ थान ल्यापटप खरिद गरेर आफ्ना सदस्यलाई दिएको थियो। सो ल्यापटप पुरानो भएको र धेरैजसो नचल्ने बनेका जनाइएको छ। यसैगरी, कतिपय प्रदेश सभा सदस्यले ल्यापटप फिर्ता नगरेका जनाइएको छ। पाँच वर्षे कार्यकाल सकिएपछि धेरैजसोले प्रदेश सभालाई नै ल्यापटप फिर्ता गरे पनि १२ जनाले अहिलेसम्म ल्यापटप फिर्ता नगरेको जैसीले जानकारी दिए ।

पुरानो ल्यापटपको कतिपयको डिसप्ले गएका जनाइएको छ। केही नचल्ने भएका छन्। चलेकाहरु पनि ढिलो चल्ने गरेको बताइएको छ। “अघिल्लो पटक खरिद गरिएको ल्यापटप पुरानो जेनेरेसनको रहेको र धेरैजसो नचल्ने भएकाले समयानुसार नयाँ जेनेरेसनको ल्यापटप खरिद गर्न लागिएको हो”, जैसीले भने । प्रदेश सभा सचिवालयले प्रदेश सभा सदस्यका लागि नयाँ ल्यापटप खरिद गर्ने कार्य अगाडि बढाएपछि पहिलेको ल्यापटप हुँदाहुँदै फेरि ल्यापटप खरिद गर्न थालेको भन्दै विरोधको स्वर पनि सुनिएको थियो।

rojgar mela

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap