सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चित


लेखक : सुन्दराञ्चल      बैशाख २२, २०८१ मा प्रकाशित     
सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चित

धनगढी- बैशाख २२,सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चित बनेको छ । मुख्यमन्त्री दीर्घ सोडारीले विश्वास मत लिने प्रयोजनका लागि आज आह्वान गरिएको बैठक अनिश्चित कालका लागि स्थगित गरिएको हो ।

अर्को बैठक कहिले बस्ने भन्नेसमेत यकिन भएको छैन ।’शनिबार बेलुका ५:३० बजे बस्‍ने भनिएको सुदूरपश्चिम प्रदेश सभाको बैठक कारणवश स्थगित भई अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको व्यहोरा सम्पूर्ण माननीय प्रदेश सभा सदस्यज्यूहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ संसद् सचिवालयले जारी गरेको सूचनामा भनिएको छ ।

मुख्यमन्त्रीलाई समर्थन गरेका दलले नै विश्वासको मत दिनेरनदिनेबारे औपचारिक निर्णय गरेका छैनन् । नेकपा (एकीकृत समाजवादी)का नेता सोडारी सुदूरपश्चिमको मुख्यमन्त्री छन् ।

एमाले, माओवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा सोडारी गत वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनको नियुक्ति पनि सहज ढंगले भएको थिएन । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १८ , माओवादी केन्द्रका (सभामुखसमेत) ११ सदस्य छन् । बझाङमा भएको उपनिर्वाचनपछि एमालेको एक सदस्य थप भई ११ पुगेका छन् । नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादी पार्टीका चार, राप्रपाका एक र एक स्वतन्त्र सांसद छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap