सुदूरपश्चिम प्रदेशका सीमा नाकामा भारतबाट फर्कीनेहरुको भिड


लेखक : सुन्दराञ्चल      अशोज २२, २०८१ मा प्रकाशित     
सुदूरपश्चिम प्रदेशका सीमा नाकामा भारतबाट फर्कीनेहरुको भिड

आश्विन २२,सुदूरपश्चिम प्रदेशका सीमा नाकामा भारतबाट फर्कीनेहरुको भिड छ । सुदूरपश्चिमका चार वटा मुख्य नाका कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाटबाट धेरै नेपालीहरु दशैं मनाउन घर फर्किका छन । दशैंका बेला घर फर्किने नेपालीहरुको संख्या बढी हुने भएकाले सवारी धनी, बाटोमा खाना खाने होटल र सीमा नाकामा भारतीय सुरक्षाकर्मी चेकजाँचको सास्ती पनि उस्तै छ ।
‘बसको टीकटमा पनपरि छ । खाना खान रोकेको ठाउँमा पनि सामान्य खानाको तीन÷चार सय भारु भनेर लुटने गरिएको छ । खाना पनि बासी जस्तै । नेपालमा रोजगार नभएकाले यस्तो नीयती भोग्नु परेको नी’ दार्चुलाकै शिवराज भट्टले भने । ‘नेपालमा रोजगार पाउने भए किन हामीहरु भारत जान्थ्यौं र ?’

कैलालीको बर्दगोरिया गाउपालिका मुडा भन्ने स्थानका विजय सुनार पनि सोमबार गौरीफन्टा नाकामा भेटिए । गत वर्षको मंसिरमा भारतको महाराष्ट्र राज्यमा पर्ने पुनाबाट दशैंका लागि फर्किका उनको मुहारमा उमंग थियो । ‘घरमा साना भाई बहिनिहरु छन, उनीहरुको पढाई खर्चका लागि १० कक्षा छोडेर भारत गएका हुँ । तर कमाएको जति रकम बाटोमै सकिन थालेको छ’ निरास हुँदै उनले भने ।

तर विजयको मुहारमा केही चमक देखिन्थ्यो । ‘दशैंमा साथीभाई, आमाबुवा र आफन्तसँग भेटघाट हुन्छ । बुवा आमाको हातबाट टीका जमरा लगाउन सधैं काँ पाईन्छ, खर्च भएपनि दशैंमा रमाईलो गर्न स्वदेश फर्केको’ नेपाल तर्फ बसमा बसिसकेका उनले भने । ‘नेपालमा केही रोजगार पाईथ्यो भने हामी किन अर्काको देशमा मजदूरी गर्न जानुपथ्यौ र ?’

सुदूरपश्चिममा भण्डै २७ लाख जनसंख्या छ । त्यसको ३० प्रतिसत अथवा ८ लाख भन्दा बढी मानिसहरु कामका लागि भारत जाने गर्छन । केही पढेलेखेका युवाहरुका लागि भारतको मुम्बई, बेंगलोर र राजधानी नयाँदिल्ली जस्ता ठुला शहरहरु जागीरका गन्तब्य हुन भने उत्तराखण्ड राज्य र उत्तरप्रदेशमा पनि ठुलो संख्यामा नेपालीहरु काममा लागि जाने गरेका छन ।

त्यसमध्ये अधिकांस दशैं तिहारका लागि घर फर्किने गरेकाले सीमा नामामा भिडभाड भएको हो । मनमा दशैंको उमंग बोकेर आएकाहरु बाटोको सकस र भारतीय सुरक्षाकर्मीहरुको सकसले परेसान हुने गरेका छन । ‘बाटोमा सारै सकस छ । नेपाली भनेर हेपेर बोल्ने, खाने ठाउँमा पनि मनपरि रुपमा पैसा लिने, सीमा नाकामा पनि तीन÷चार ठाउँमा भारत र त्यो भन्दा पनि बढी ठाउँमा नेपाल पुगेर चेकिंङ हुने गरेकाले पनि सकस हुने गरेका छ’ भारतको मुम्बईबाट दशैंका लागि फर्केका कैलालीको गौरीगंगा नगरपालिकाका दिपक जैगडीले भने ।

घटस्थापना देखि नै भारतबाट स्वदेश फर्किने नेपालीहरुको चाप बढन थालेको हो । गौरीफन्टा नाकामा रहेको शसस्त्र प्रहरीको तथ्यांक अनुुसार उक्त नाकाबाट घटस्थापना यतामात्रै सोमबार सम्म १३ हजार नेपालीहरु घर फर्किसकेका छन । यस्तै कञ्चनपुरको गड्डाचौकी, झुलाघाट र दार्चुलाको सीमा नाकाबाट पनि यस्को दोब्बर संख्यामा नेपालीहरु स्वदेश फर्किका छन ।

अझै दशैं आउन एक हप्ता छ । छोटो विदा पाएकाहरु अझै अष्टमी नवमी सम्म पनि टीकाला लागि भन्दै स्वदेश फर्किने क्रम जारी रहनेछ । नेपालको दशैं र तिहार, सीमा क्षेत्रमा खटिएका भारतीय सुरक्षाकर्मीहरुका लागि पनि अवैध असुली गर्ने मुख्य धन्दा भएको छ । घटस्थापना देखि स्पदेश फर्किने नेपालीबट रकम असुली हुन थालेको थियो ।

No description available.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap