सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको टोली बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा,


लेखक : सुन्दराञ्चल      जेष्ठ १०, २०८० मा प्रकाशित     
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको टोली बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा,

१० जेठ,  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेको छ । बुधबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेको टोलीले प्रधानमन्त्री प्रचण्डलाई भेटेको हो ।

सो क्रममा मुख्यमन्त्री शाहले आगामी आर्थिक वर्षको बजेटमा सुदूरपश्चिमलाई प्राथमिकतामा राखेर सो क्षेत्रको विकास र समृद्धिमा सहयोग गर्न आग्रह गरेका छन् ।
आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथिको छलफल अन्तिम चरणमा रहेको र आगामी आर्थिक वर्षको बजेट आउन पाँच दिन बाँकी रहेका बेला मुख्यमन्त्री शाहको टोलीले प्रधानमन्त्री प्रचण्डलाई भेटेर सुदूरपश्चिम प्रदेशका लागि बजेट सुनिश्चित गर्न आग्रह गरेका हुन् ।

यसअघि मंगलबार सो टोलीले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई पनि भेटेको थियो।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap