सुदूरपश्चिममा १६ गाउँपालिकामा खटाइए नयाँ अधिकृत


लेखक : सुन्दराञ्चल      भदौ ३०, २०८१ मा प्रकाशित     
सुदूरपश्चिममा १६ गाउँपालिकामा खटाइए नयाँ अधिकृत

 भाद्र ३०,  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुदूरपश्चिमका १६ ओटा पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएको छ । मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेका सुदूरपश्चिमका १६ सहित विभिन्न सय गाउँपालिकाहरुमा बुधवार सय जना शाखा अधिकृतहरुलाई पदस्थापन गरेको हो ।
स्टाफ कलेजको ६ महिना तालिम सकेका १ सय अधिकृतलाई विभिन्न गाउँपालिकामा खटाइएको हो । बैतडी सुर्नया गाउँपालिकामा ज्योतीकुमारी बोहरा, पञ्चेश्वर गाउँपालिकामा महेश पार्की र शिवनाथ गाउँपालिकामा सरोज पाण्डेयलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएको छ ।

यस्तै दार्चुलाको मार्मा गाउँपालिकामा धर्मेन्द्र जोशी, अछामको ढकारी गाउँपालिकामा दिलिपकुमार सोनी, बान्नीगढी जयगढ गाउँपालिकामा किरण चौधरी र चौरपाटी गाउँपालिकामा विभाकर मिश्रलाई खटाइएको छ । यस्तै बझाङको थलारा गाउँपालिकामा प्रयागराज पाध्या, दुर्गाथली गाउँपालिकामा प्रदीप पौडेल र तलकोट गाउँपालिकामा यादव भट्टराईलाई खटाइएको मन्त्रालयले जनाएको छ ।

डोटीको सायल गाउँपालिकामा बद्रीनाथ पोखरेल र कैलालीको चुरे गाउँपालिकामा तेजबहादुर बोगटीलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएको छ । यसैगरी बाजुराको हिमाली गाउँपालिकामा अनिशा आचार्य, जगन्नाथ गाउँपालिकामा सिर्जना क्षेत्री, गौमुल गाउँपालिकामा सिमरन शाह र स्वामीकार्तिक गाउँपालिकामा पुनम जिसीलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको मन्त्रालयले जनाएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap