सुदूरपश्चिममा लगानी तथा विकास सम्मेलनको तयारी तीब्र


लेखक : सुन्दराञ्चल      चैत्र ११, २०८१ मा प्रकाशित     
सुदूरपश्चिममा लगानी तथा विकास सम्मेलनको तयारी तीब्र

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी असोज १ र २ गते आयोजना गर्न लागेको लगानी तथा विकास सम्मलेनको पूर्वतयारीलाई तीव्र पारेको छ।गत फागुन २१ गते सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णयले आगामी असोज १ र २ गते गर्ने लगानी तथा विकास सम्मलेन धनगढीमा गर्ने निर्णय गरेको थियो। सोही सम्मेलनलाई सफल बनाउन यही चैत २७ गते पूर्वलगानी तयारी सम्मेलन गर्न लागेको छ।सोमबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एवं लगानी तथा विकास सम्मेलनका निर्देशक समितिका संयोजक कमलबहादुर शाहको अध्यक्षतामा सम्पन्न बैठकमा सरकारमा सहभागी मन्त्रीहरु, राज्यमन्त्रीहरु, पुर्व मुख्यमन्त्री, प्रदेश नीति तथा योजना आयोगका सदस्यसहित मन्त्रालयका सचिवको उपस्थिति रहेको थियो।आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्वदेशी तथा विदेशी लगानीलाई आकर्षित गरी लगानीमैत्री वातावरण सिर्जना गर्न आवश्यक नीतिगत, कानुनी र कार्यक्रम व्यवस्था गर्न, नीतिगत, कानुनी र संरचनागत सुधार गरी सार्वजनिक–निजी सहकार्यलाई प्रोत्साहन गरिनेलगायत सम्मेलनको उद्देश्य रहेको बैठकमा मुख्यमन्त्री शाहले जानकारी दिए।

सुदूरपश्चिम नेपालको एक समृद्ध आर्थिक सम्भावना बोकेको क्षेत्र भएता पनि औद्योगिक पूर्वाधारको अभाव, सीमित लगानी तथा दीर्घकालीन विकास परियोजनाको कमीका कारण यहाँको आर्थिक वृद्धिदर अपेक्षित रुपमा हुन नसकेकाले रोजगारीका अवसर सिर्जना गर्न चुनौती देखिएको उनले बताए।

rojgar mela
Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app download
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap