सुतेको अवस्थामा कोही किन घुर्छन् ?


लेखक : सुन्दराञ्चल      मंसिर ११, २०७९ मा प्रकाशित     
सुतेको अवस्थामा कोही किन घुर्छन् ?

मंसिर ११  । सुतेको अवस्थामा कोही किन घुर्छन् ? खासमा वायुमार्गको समस्याले गर्दा श्वासनली आंशिक बन्द हुन पुग्छ, जसकारण फोक्सोमा पर्याप्त अक्सिजन पुग्दैन । यही स्थितिमा मान्छे घुर्छ ।

यो ध्वनि घाँटीको पछाडिको नरम तन्तु (अभ्युला र नरम तालु), जिब्रोको आधारमा हुने कम्पनले पैदा हुन्छ । लगभग संसारका आधा मानिस आफ्नो जीवनको कुनै न कुनै बिन्दुमा घुर्ने गर्छन् ।

किन घुर्छन् मानिस ?

यसको एउटा मात्र जवाफ छैन । मान्छेको स्थितिअनुसार घुर्ने समस्या पनि फरक हुन्छ । कसैको तौल बढी हुँदा वा कसैको सुताइ नमिल्दा घुर्ने गर्छ । नाक र घाँटीका मांसपेशी कमजोर हुनु, फोक्सोमा अक्सिजन पर्याप्त नपुग्नु जस्ता कारणले मान्छे घुर्छन् ।

निदाएको बेला शरीरका सबै अंगले आराम गर्छन् । त्यही समयमा सबैभन्दा बढी घुर्ने हो । कहिलेकाहीं घुर्नु सामान्य भए पनि नियमित घुर्नु समस्या हो ।

घुर्ने समस्या प्रायः मोटोपन भएका व्यक्तिलाई हुन्छ । मोटोपन भएका व्यक्तिको घाँटीको प्वाल सानो हुने भएकाले उनीहरु घुर्छन् । घाँटीको पछाडि मासु पलाएको छ, नाकको हड्डी बाङ्गो भएमा, टन्सिल ठूलो भएमा घुर्ने समस्या देखिन्छ । यसैगरी रक्सी पिएर सुतेको अवस्थामा पनि मान्छे घुर्छन् ।

चर्को स्वरमा घुर्ने

कुनै व्यक्ति चर्को स्वरमा घुर्छ भने उसलाई स्लिपएपनिया हुन सक्छ । चर्को स्वरमा घुरेको आवाज अचानक बन्द हुनु र निस्सासिने वा सास फेर्न गाह्रो हुनुका साथै घुरेको आवाज आउनु स्लिपएपनियाको स्पष्ट संकेत हो ।

घुर्ने समस्याको उपचार

घुर्ने समस्या के कारणले भएको हो ? मोटोपनको कारण वा नाकको समस्याले । सुत्ने आसनले हो वा मदिराले । यी कारण पत्ता लगाएर सोही अनुसार उपचार खोज्न सकिन्छ ।

यदि मोटोपनको कारणले भए मोटोपन घटाउनुपर्छ । सुताइ नमिलेर हो भने सुत्ने आसन परिवर्तन गर्नुपर्छ । धुम्रपान र मद्यपानले हो भने त्यस्तो लत त्याग्नुपर्छ ।

यति गर्दा पनि भएन भने घाँटी, नाक आदिमा समस्या भएको हुनसक्छ । चिकित्सकको परामर्श लिन जरुरी हुन्छ ।

बढी घुर्नु घातक हुनसक्छ

नियमित घुर्ने समस्या छ भने त्यसलाई बेवास्ता गर्नु हुँदैन । यसले मेटाबोलिक सिन्ड्रोम, मधुमेह, उच्च रक्तचाप, मुटुरोगको संकेत गर्छ । त्यस्तै बच्चामा घुर्ने रोग छ भने नाकको हड्डी बाङ्गो हुनसक्छ । मुखको बनावट बिग्रिन सक्छ ।

यदि घुर्ने समस्याले खासै तपाईंको जीवनमा प्रभाव पारेको छैन भने अस्पताल जानु पर्दैन । यदि त्यसले कुनै न कुनै रुपमा तपाईंको जीवनलाई प्रभाव पारको छ भने अस्पताल जानैपर्छ ।

घुर्ने कारणले निद्रा अपुग हुनसक्छ, तपाईंले अल्छी महसुस गर्नुहुन्छ । एकाग्रताको कमी हुन्छ । यसले आफूलाई मात्र होइन आफूसँगै सुत्ने साथीलाई पनि बाधा गर्नसक्छ । त्यस्तो स्थितिमा उपचार खोज्नैपर्छ ।अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap