सी जिनपिङ तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपति निर्वाचित


लेखक : सुन्दराञ्चल      फाल्गुन २६, २०७९ मा प्रकाशित     
सी जिनपिङ तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपति निर्वाचित

फागुन २६ ,  । सी जिनपिङ तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपति बनेका छन् । उनी १४औं राष्ट्रिय जनकंग्रेसको जारी अधिवेशनबाट शुक्रबार सर्वसम्मतिले राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

ग्रेट हल अफ द पिपलमा उपस्थित नेशनल पिपुल्स कंग्रेस (एनपीसी) का झण्डै तीन हजार सदस्यहरूले ६९ वर्षीय सीलाई सर्वसम्मत रूपमा राष्ट्रपतिमा चयन गरेको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । योसँगै उनले माओत्सेतुङपछिको सबैभन्दा शक्तिशाली नेताका रूपमा आफ्नो पकड बलियो बनाएका छन् ।

सीविरुद्धमा कोही प्रतिस्पर्धी थिएनन् । उनी देशको केन्द्रीय सैन्य आयोगको अध्यक्षमा पनि तेस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएका छन् । झाओ लेजी संसदका नयाँ सभामुख र हान झेंग उपाध्यक्षमा निर्वाचित भएका छन् । समाचार एजेन्सी
Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap