फाल्गुन २४, बझाङको जयपृथ्वी नगरपालिका–५का सन्तोषराज उपाध्याय कैलाली बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहको चौथो वर्षमा अध्ययन गर्दै आएका छन्।
उपाध्यायले एक महिनादेखि थ्री स्टार बोडिङ्ग स्कुलको पूर्व तिर पोटली घर सञ्चालन गरेका छन्। उनले नास्ताका परिकारहरू बनाउदै आएका हुन। धनगढीमा सिप तथा रोजगार मेला सञ्चालन हुने भएपछि उनले फारम भरे। धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको सिप तथा रोजगार मेलाबाट उनले फस्ट फूडका परिकारहरू बनाउन सिकेका छन्। पोटली घरबाट दैनिक चार हजारसम्म आम्दानी हुन थालेको सन्तोषराजले बताए। उनले भने, ‘एक महिना भयो, फास्ट फूड खोलेको छु। सिप थिएन। सिप सिक्नका लागि सिप तथा रोजगार मेलामा आएको हो।’धनगढी उपमहानगरपालिका–५ हसनपुरकी बिनिता सुरी गृहिणी हुन। उनले होटेल सञ्चालन गर्ने योजना बनाएकी थिइन। तर, नास्ताका परिकार बनाउने सिप नभएकाले उनको योजना रोकिएको थियो। धनगढी उपमहानगरपालिकाले सिप तथा रोजगार मेला सञ्चालन गर्नै समाचार सुनेपछि उनले फारम भरिन्। सिप तथा रोजगार मेलामा फास्ट फूडका परिकार बनाउन सिप सिक्ने भन्दै उनले फारम भरेकी हुन। उनले फास्ट फूडका परिकारहरू बनाउन सिकेकी छन्। निसर्ग अस्पताल क्षेत्रमा नास्ता पसल सञ्चालन गर्ने सोचमा उनी थिइन। तर, सटर नपाएपछि शिवनगरमा नास्ता पसल सञ्चालनको योजना उनले बनाएकी छन्। तालिम पूरा भएपछि चटपटबाट नास्ता पसल सञ्चालन गर्ने र वैशाखबाट नास्ताका परिकारहरू बनाउने उनले बताइन्।
