साफ यू-२० महिला च्याम्पियनसिप खेल्न नेपाली टोली बुधबार बंगलादेशको ढाका प्रस्थान


लेखक : सुन्दराञ्चल      माघ १८, २०७९ मा प्रकाशित     
साफ यू-२० महिला च्याम्पियनसिप खेल्न नेपाली टोली बुधबार बंगलादेशको ढाका प्रस्थान

काठमाडौं १८ माघ, । साफ यू-२० महिला च्याम्पियनसिप खेल्न नेपाली टोली बुधबार बंगलादेशको ढाका प्रस्थान गरेको छ ।

दुई दिनपछि ढाकामा सुरु च्याम्पियनसिप फेब्रुअरी ९ सम्म आयोजना हुनेछ । मंगलबार अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली टोलीलाई बिदाइ गरेको थियो ।

साफ यू–२० महिलाच्याम्पियनसिपमा नेपालसहित चार राष्ट्रको सहभागिता हुनेछ । नेपाल र आयोजक बंगलादेशसहित भारत र भुटानले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

राष्ट्रिय टिमकी सदस्य समेत रहेकी प्रीति राईको कप्तानीमा रहेको नेपाली टोलीको प्रशिक्षकमा यामबहादुर गुरुङ छन् ।

प्रशिक्षक र कप्तान दुवैले च्याम्पियनसिपमा नेपाल राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेका छन् । नेपालले अहिलेसम्म यो उमेर समूहमा उपाधि जित्न सकेको छैन । त्यसैले पनि उपाधि जित्नु नेपालका लागि चुनौतीपूर्ण नै छ ।

प्रीतिसहित अमिशा कार्की र दिपा शाही राष्ट्रिय टिमकी सदस्य हुन् । मिडफिल्डर दिपा शाहीले सिनियर टिममै उत्कृष्ट प्रदर्शन गरिसकेकी छन् । यी तीन खेलाडीले जुनियर खेलाडीहरुसँग राम्रो तालमेल गर्नु आवश्यक छ ।

च्याम्पियनसिपपले नेपालले पहिलो खेल घरेलु टोली बंगलादेशबीचसँग फेब्रुअरी ३ मा खेल्नेछ । यस्तै नेपालले फेब्रुअरी ५ मा भुटानसँग र फेब्रुअरी ७ मा भारतसँग लिग खेल्नेछ ।

सिंगल राउण्ड रोविन लिगमा हुने च्याम्पियनसिपमा शीर्ष दुईमा रहने टिमले फेब्रुअरी ९ मा फाइनल खेल्ने छन् ।

सन् २०१८ मा साफ यू–१८ च्याम्पियनसिपको नामबाट सुरु भएको यस प्रतियोगिता २०२१ मा यू–१९ फर्म्याटमा भएको थियो भने २०२२ मा फेरी यू–१८ को नाममा भएको थियो ।

पहिलो पटक यो प्रतियोगिता यू–२० फर्म्याटमा आयोजना हुन लागिएको हो । पहिलो संस्करणमा उपविजेता बनेको नेपालले अहिलेसम्म उपाधि जित्न भने सकेको छैन ।

२०२१ मा बंगलादेशमै भएको यू१९ च्याम्पियनसिपमा नेपालले उपाधि जित्ने राम्रो अवसर रहे पनि चुकेको थियो ।

गत वर्ष भारतमा भएको भारतमा भएको यू-१८ च्याम्पियनसिपमा भने नेपाल भारत र बंगलादेश मात्र सहभागी थिए र डबल राउण्ड रोविनमा खेलेको सबै चार खेलमा नेपाल पराजित भएको थियो ।

त्यसबेला पनि नेपालको कप्तान प्रीति राई नै थिइन् । त्यसबेला खेलेका मध्ये प्रीतिसँगै गोलकिपर सावित्री किसन, लिला जोशी, मिडफिल्डर कुमुस खतिवडा, दिपा शाही, सुनकला राई, मनमाया दमाई, अन्जली मचामसी, साराह बज्राचार्य, सरस्वती हमाल, फरवार्ड अमिसा कार्मी र गरिमा राई, डिफेण्डर सविना चौधरी, दिव्या यसमलाई मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ अहिले पनि टिममा छन् ।

नेपाली टोली

गोलकिपर : कविता विक, सावित्री किसन, लिला जोशी

डिफेण्डर : सविना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भोलान, दिव्या यसमलाई मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ

मिडफिल्डर : तुलसा बोहरा, कुसुम खतिवडा, साराह बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई (कप्तान) अन्जली मचामसी, सरस्वती हमाल, दिपा शाही अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap