सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रथम वार्षिकोत्सव सम्पन्न


लेखक : सुन्दराञ्चल      चैत्र ९, २०८० मा प्रकाशित     
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रथम वार्षिकोत्सव सम्पन्न

धनगढी चैत ९, धनगढीमा रहेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रथम वार्षिकोत्सव सम्पन्न भएको छ । सो बार्षिक उत्सव समारोमा प्रमुख अतिथि एम डि आर टि  पुष्प राज उपाध्याय र कलावती जोशी रहेको थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपाध्यायले कुनै पनि काम यदि मानिसले चाहेमा समाजमा नहुने केही चिज नभएको बताए ।हामीले भित्री मनबाट चाहानु प्रर्छ असमभब्भब भन्ने कुरा केही नरहेको उनले बताए । देशैभरि विभिन्न शाखा कार्यालयहरू मार्फत सामाजिक उत्तरदायित्व अन्तर्गत सोही किसिमका कार्यक्रमहरूको आयोजना गरी मनाइएको छ ।

बिमा कम्पनीहरूको पुँजी वृद्धि गरी समग्र बिमा क्षेत्रलाई अझै मजबुत बनाई उत्कृष्ट ग्राहक  सेवा प्रवाह गर्नका  लागि बिमा नियमनकारी निकायको पहलमा दुई कम्पनी गाभिएर बनेको बीमक सानिमा रिलायन्सको चुक्ता पुँजी ४. १८ अर्ब रहेको छ भने लगानी १७ अर्ब नजिक र जीवन बिमा कोष रु १२. ६९ अर्ब रहेको छ । देशभरि १७५ शाखा सञ्जाल मार्फत आफ्नो सेवा प्रदान गर्दै आएको कम्पनीको व्यवसाय तथा अधिकांश आर्थिक सूचकाङ्कहरू  सकारात्मक रहेका छन्

हामी र हाम्रो समाज, हामी राम्रो हुन खोजेमा पहिला म आफूबाट सुरु गर्नु प्रने बताए । सोही बार्षिक उत्सव समारोमा बोल्दै टिकटक भाइरल उर्मिला कुवरले हामी सबै साथ सयोग भएमा आफू ले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको  लागि केही नयाँ पन देखाउने प्रतिबद्यदता बक्क्त गर्नुका साथै सानिमा लाईफ ईनिसोरेन्स को उत्तर उत्तर प्रगतिको कामना सगै शुभकामना दिनु भो ।

कार्यक्रममा एजेन्सी मेनेजर कोपिला कुवर, कमल ब. बिक उर्मला थापा मगर ,मनोज जैगडी , ललित साउद, पत्रकार जगत जैगडी, महादेव गिरी ,एजेन्सी भरत ब. शाह, रहेका थिए । कार्यक्रमको सहजिकरण सानिमा लाईफ ईनसोरेन्सका  धनगढी का शाखा प्रबन्धक  महेन्द्र बि.कले गरेका थिए ।

No description available.

 

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap