सांसद योगेश भट्टराईले संसदमै गुगल सर्च गरेरपछि …


लेखक : सुन्दराञ्चल      असार १२, २०७९ मा प्रकाशित     
सांसद योगेश भट्टराईले संसदमै गुगल सर्च गरेरपछि …

काठमाण्डौ असार १२ ,प्रतिनिधिसभाको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूमाथि सांसदहरुले पेट्रोलियम पदार्थको मूल्य घटेपनि फेरि बढ्ने हैन भन्दै आशंका व्यक्त गरेका छन् ।

 

आइतबार प्रतिनिधिसभाको बैठकमा जरुरी सार्वजनिक महत्वको विषय प्रस्तुत गर्दै मन्त्री बडूले सरकारले पेट्रोल र डिजेलको मूल्य घटाएको जानकारी गराउँदै विद्युत खपतमा सहुलियत दिने बताएका छन् । मन्त्रीको भनाइपछि प्रश्न गर्ने अधिकांश सांसदहरुले सरकारले मूल्य समायोजन व्यवस्थित गर्न नसकेको र इन्धनको खरिदको विकल्प खोज्न नसकेको बताए ।

मन्त्रीले बोलेपछि प्रश्न गर्ने क्रममा एमाले सांसद योगेश भट्टराईले मन्त्रीको भनाइ आएपछि आफूले गुगल सर्च गरेर भारत र चीनमा आजको दिनमा रहेको पेट्रोलको भाउ हेरेको बताए । सांसद भट्टराईले गुगल सर्च गरेर हेर्दा भारतमा आज पेट्रोलको मूल्य प्रतिलिटर ८४ भारतीय रुपैयाँ रहेको बताए । जुन महिनामा सबैभन्दा धेरै १ सय १४ रुपैयाँ सम्म पुगेपनि अहिले घटेको बताए । यस्तै चाइनामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६ भारतीय रुपैयाँ रहेको बताए । यस्तै चीनमा आज डिजेलको मूल्य १ दशमलव ३४ डलर रहेको बताए ।

उनले युक्रेन रुस युद्धका कारण नै सस्तोमा तेल ग्यास आइरहेको बताउँदै त्यसको उपयोग नेपालले किन गर्न नसकेको भन्दै प्रश्न गरे । उत्तराखण्ड, बिहार, उत्तरप्रदेश, पश्चिम बंगाल नेपालसँग सिमा जोडिएका कुनैपनि भारतीय राज्यमा १ सय हाराहारीमाथि पेट्रोलको मूल्य नरहेको बताए । सो मूल्य नेपालमा किन समायोजन भएन भन्दै सांसद भट्टराईले प्रश्न गरे । उनले केपी ओली सरकारको बेला जतिबेला नाकाबन्दी थियो त्यो बेला चीनसँग पारबन्दी सन्धी गरेकोले चीनसँगपनि पेट्रोलियम पदार्थ खरिदको आग्रह गरे ।

सांसद खगराज अधिकारीले मन्त्री दिलेन्द्र बडूले एलपी ग्यासको प्रयोग घटाउने बताएपनि मिति तोक्न नसकेको बताए । उनले सरकारलाई मिति तोक्न केले बाधा ग¥यो भन्दै प्रश्न गरे । उनले हिजो सरकार अलोकतान्त्रिक रहेको साबिती बयान दिएको बताउँदै आन्दोलन गरेपछि मात्रै पेट्रोलियम पदार्थमा मूल्य घटाउन तयार भएको बताए ।

उनले सिंहदरबारबाट कहिले एलपी ग्यास हट्छ त्यसबारे जानकारी गर्न माग गरे । सांसद नवराज सिलवालले सरकारले पेट्रोलमा २० रुपैयाँ घटाएको भनेर गर्व गरेपनि फेरि रुस र युक्रेन युद्धका कारण भाउ बढेर आएको भन्ने हो कि भन्दै प्रश्न गरे । पेट्रोलियम पदार्थको विकल्पमा वा कम गराउन सरकारको दीर्घकालीन रणनीति के छ भनेर खोजेको बताउँदै उनले भने–‘मन्त्रीजीले अध्ययनका लागि एउटा कार्यदल बनाएको भन्नुभएको छ । त्यो कार्यदलले प्रतिवेदन बुझाउने र त्यसलाई त्यतिकै थन्काउने अनि जनता चाँही त्यत्तिकै महँगीको मारमा परिरहने हो कि रु सरकारको दीर्घकालीन सोच के हो रु कि निर्वाचनसम्म जाने त्यसपछि देखाजायगा भन्ने हो कि रु’ उनले सरकारको ठोस योजना नआएको बताए ।

यस्तै सांसद कृष्ण भक्त पोखरेलले भारत स्वयं पनि पेट्रोलियम पदार्थ खरिद गर्ने राष्ट्रमाथि नेपाल निर्भर भएको बताए । उनले पेट्रोलियम पदार्थको विकल्प खोज्ने बाटोमा सरकार किन नलाग्ने भन्दै प्रश्न गरे । तेल उत्पादन गर्ने रुस लगायतका देशसँग प्रत्यक्ष रुपमा कुरा गर्न सरकारलाई कहाँनिर बाधा छ भन्दै सांसद पोखरेलले प्रश्न गरे ।

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap