सवारीमा प्रेस लेखेर हिड्नेलाई चेकजाँचमा कडाइ गर्ने कैलालीमा


लेखक : सुन्दराञ्चल      चैत्र ७, २०८१ मा प्रकाशित     
सवारीमा प्रेस लेखेर हिड्नेलाई चेकजाँचमा कडाइ गर्ने कैलालीमा

धनगढी ८ चैत,  कैलाली ट्राफिक प्रहरीले सवारी साधनमा प्रेस लेखेर हिड्नेलाई चेकजाँचमा कडाइ गर्ने भएको छ । सवारी साधनमा प्रेस लेखेर दुरुपयोग बढेपछि कैलाली पत्रकार महासंघले ट्राफिक प्रहरीलाई कडाई गर्न आग्रह गरेको थियो ।

जिल्ला ट्राफिक कार्यालय कैलालीले जिल्लामा सवारी दुर्घटना न्यूनिककरण कसरी गर्न सकिन्छ भनेर पत्रकारहरुसंग गरेको छलफल कार्यक्रममा त्यस्तो आग्रह गरिएको हो । जिल्ला ट्राफिक कार्यालय कैलालीका इन्चार्ज प्रहरी निरीक्षक चक्रबहादुर देउवाले नेपाल पत्रकार महासंघ कैलालीको आग्रहलाई कडाईका साथ पालन गर्ने बताए ।

प्रहरी निरीक्षक देउवाले प्रेस लेखेका सवारी साधन चलाउने व्यक्तिको कागजपत्र तथा प्रेस कार्ड अनिवार्य हुनुपर्ने छ । नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाले सवारी साधनमा प्रेस नलेख्न अनुरोध गरेका छन् । ‘सकेसम्म सवारी साधनमा प्रेस नलेख्नुहोस्’ अध्यक्ष देउवाले भन्नुभयो, ‘यदि लेख्नुहुन्छ भने आफू कार्यरत मिडियाको नाम अनिवार्य लेख्ने र प्रेस कार्ड अनिवार्य बोकेकै हुनु पर्ने बताए ।’

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap