सलमान, अक्षय, अजयसहित ३८ सेलिब्रिटी विरुद्ध मुद्दा दायर


लेखक : सुन्दराञ्चल      भदौ २२, २०७८ मा प्रकाशित     
सलमान, अक्षय, अजयसहित ३८ सेलिब्रिटी विरुद्ध मुद्दा दायर

२ बर्ष अगाडि भारतमा एक डाक्टरलाई बलात्कार गरी हत्या गरिएको खबरले विश्व बजार हल्लाएको थियो । हैदराबादमा डाक्टरको बलात्कार गरी हत्या गरिएको र उनको शव जलाइएको घटनाले मानिसहरुमा आक्रोश पैदा गरेको थियो ।
सो समयमा बलिउडका सेलिब्रिटीहरुले समेत घटनाको बिरोध गर्दै दोषीलाई कडा कारबाहीको माग गरेका थिए ।

तर, बलिउडका ३८ जना सेलिब्रिटीले सामाजिक संजालमा विरोध जनाउँदा बलात्कृत भएकी डाक्टरको नाम समेत उल्लेख गरेका थिए । उनै, ३८ जना सेलिब्रिटी विरुद्ध दिल्लीका एक वकिलले अदालतमा मुद्दा दायर गरेका छन् ।
सामाजिक संजालमा पीडित महिलाको नाम उल्लेख गरेको भन्दै सेलिब्रिटी विरुद्ध मुद्दा दायर गरिएको हो ।

बलिउड कलाकारहरु अनुपम खेर, फरहान अख्तर, अजय देवगण, अक्षय कुमार, सलमान खान, महाराजा रवि तेजा, राकुल प्रित सिंह, अल्लु सिरिस लगायतका कलाकार विरुद्ध मुद्दा दायर गरिएको हो । सामाजिक संजाल वा कुनै पनि मिडियामा पीडितको नाम उल्लेख गर्न नपाइने कानुन छ । भारतको कानुन विरुद्ध सेलिब्रिटीहरुले पीडितको नाम उल्लेख गरेको भन्दै गौरव गुलाटी नामका वकिलले मुद्दा दायर गरेका हुन् ।

गुलाटीले ३८ सेलिब्रिटीलाई तत्काल पक्राउ गरेर कारवाही गर्न अदालतसँग माग गरेका छन् । उनीहरुले सामाजिक उत्तरदायित्व समेत निर्वाहा गर्न नसकेको आरोप उनको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap