सरकारले सातै प्रदेशमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) खटाउने तयारी


लेखक : सुन्दराञ्चल      जेष्ठ ६, २०७९ मा प्रकाशित     
सरकारले सातै प्रदेशमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) खटाउने तयारी

काठमाडौँ,६ जेठ । सरकारले सातै प्रदेशमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) खटाउने तयारी गरेको छ । नेपाल प्रहरीलाई संघीय संरचनामा रुपान्तरणको गृहकार्यस्वरुप प्रहरी ऐन संशोधन गरेर एआइजीलाई प्रदेशमा पठाउन लागिएको हो ।

गृहमन्त्री बालकृष्ण खांडले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य संचालन,सुपरिवेक्षण र समन्वय) ऐन २०७६ लाई संशोधन गर्न अध्यादेशमार्फत संसद बैठकमा प्रस्ताव दर्ता गरिसकेका छन् ।हाल प्रदेशमा सरकारले नेपाल प्रहरीका डिआईजीहरुलाई प्रमुखका रुपमा खटाइएको छ । अव ऐन नै संशोधन गरेर उनिहरुलाई कानुनी अधिकार दिएर नै प्रदेशमा एआईजी खटाउने तयारी भइरहेको स्रोतले दावी गरेको छ ।

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले पदबहाली गरेसंगै प्रहरीका एआइजीलार्य प्रदेशमा खटाउने गृहकार्य भएको हो । यसअघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा समेत सातै प्रदेशका मुख्यमन्त्री र आन्तरिक मामिला मन्त्रीहरुले प्रदेशमा एआइजीको दरबन्दी राख्न माग गरेका थिए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap