सरकारले यौन हिंसा र तेजाव आक्रमणविरुद्धअध्यादेश ल्याउने निर्णय


लेखक : सुन्दराञ्चल      चैत्र १७, २०७८ मा प्रकाशित     
सरकारले यौन हिंसा र तेजाव आक्रमणविरुद्धअध्यादेश ल्याउने निर्णय

काठमाडौं १७ चैत । सरकारले यौन हिंसा र तेजाव आक्रमणविरुद्ध दुई अध्यादेश ल्याउने भएको छ । मन्त्रिपरिषद् बैठकले यौन हिंसा र एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो ।

सरकारले सिफारिस गरेपछि यी अध्यादेश राष्ट्रपतिबाट जारी हुनेछन् ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका यी दुई अध्यादेश केही समयअघि निष्कृय भएका थिए । अध्यादेश निष्कृय भएपछि यौन हिंसामा परेका र तेजाव आक्रमणमा परेका पीडितले न्याय पाउनबाट बञ्चित भएका छन् ।
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap