सरकारले आज र भोलि बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदैँ


लेखक : सुन्दराञ्चल      कार्तिक १७, २०८० मा प्रकाशित     
 सरकारले आज र भोलि बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदैँ

कार्तिक १७ सरकारले आज र भोलि बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनको लागि भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै छ।

यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गतआज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ। सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते गरी दुई पटक कार्यक्रम सञ्चालन गर्दै आएको छ। तर, यस वर्ष कात्तिक २ र ३ गते दसैँ पर्व परेका कारण पहिलो चरणको कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन गर्न लागिएको हो।

यो कार्यक्रम अन्तर्गत ६ देखि ५९ महिनाका बाल बालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ देखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य रहेको महाशाखाले जनाएको छ। देशभरीका झण्डै ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल १ देखि ५ वर्षसम्मका २९ लाखभन्दा धेरै बालबालिकालाई जुकाको औषधि खुवाउने सरकारको लक्ष्य छ। महाशाखाले नजिकैको वितरण केन्द्रमा गई आफ्ना बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकलाई आग्रह गरेको छ। सरकारले भिटामिन ‘ए’ क्याप्सुल सन् १९९३ देखि र भिटामिन ‘ए’सँगै जुकाको औषधि सन् २००१ देखि खुवाउन सुरु गरेको हो।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap