सभामुख देवराज घिमिरेले संसदमा रहेका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल जारी,


लेखक : सुन्दराञ्चल      चैत्र १२, २०७९ मा प्रकाशित     
  सभामुख देवराज घिमिरेले संसदमा रहेका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल जारी,

चैत १२  सभामुख देवराज घिमिरेले संसदमा रहेका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल जारी राखेका छन् ।

नयाँ वानेश्वरस्थित संसद भवनको शंकर हलमा छलफल जारी छ । प्रतिनिधिसभा नियमावली लगायतका विषयमा छलफल केन्द्रित रहेको बताइन्छ ।

प्रतिनिधि सभा नियमावली २०७९ को मस्यौदा प्रतिवेदन संसदमा विचाराधीन छ । प्रतिनिधि सभामा पेश भइसकेको नियमावलीको मस्यौदाउपर दलहरुले संशोधन प्रस्ताव राख्ने समय सकिएको छ ।

प्रतिनिधि सभा नियमावलीमा संशोधन प्रस्ताव राख्दै सत्तारुढ दलका सांसदहरुले प्रतिनिधि सभाको बैठक राख्ने र एजेण्डा तय गर्ने लगायतका विषयमा सभामुखको एकल अधिकार नरहने व्यवस्थाको वकालत गरेका छन् ।

सभामुख मनमौजी हुन सक्ने भन्दै सभामुखले विगतमा प्रयोग गर्दै आएको अधिकारलाई प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको क्षेत्राधिकारभित्र ल्याउने सत्तारुढ दलका सांसदहरुको प्रस्ताव छ ।

सदनमा सत्तारुढ दलहरुको बहुमत भएकाले प्रस्तावित नियमावलीको संशोधन प्रस्ताव पारित हुन सक्ने भएकाले सभामुख घिमिरेले त्यस खालको वातावरण बन्न नदिन पहल लिएको नेताहरु बताउँछन् ।

छलफलमा दलका प्रमुख सचेतक, सचेतकहरू, संसदका महासचिव र सचिहरू सहभागी भएका छन् ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap