सडक माथिबाट खसेको पहिरोले राजमार्ग अवरुद्ध रडुवा खोलामा


लेखक : सुन्दराञ्चल      भदौ २४, २०८० मा प्रकाशित     
सडक माथिबाट खसेको पहिरोले राजमार्ग अवरुद्ध रडुवा खोलामा

धनगढी भदौ २४, लगातार वर्षाका कारण डडेल्धुरा गन्यापधुरा गाउँपालिका–२ को रडुवा खोलामा सडकमाथिबाट खसेको पहिरोले राजमार्ग अवरुद्ध अझै सुचारु हुन सकेको छैन् ।
शनिबार राति ७ बजे पछि उक्त सडक पहिरोका कारण अवरुद्ध भएको डडेल्धुराका निमित्त प्रमुख प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए । पहिरोका कारण तराईबाट डोटी, बाजुरा र अछामका लागि छुटेका गाडीहरू डडेल्धुरा स्याउले बजारमै रोकिएका छन् । सडक अवरुद्ध हुँदा विशेष गरी शनिबार भएको माध्यामिक तहको शिक्षक अनुमतीपत्रको परीक्षा दिन पुगेका विद्यार्थीहरु अलपत्र परेका छन् । धनगढीमा परीक्षा भएको हो

डडेल्धुरामा पहिरोसँगै खसेको ढुङ्गा लागेर मोटरसाइकलमा सवार युवकको मृत्यु भएको छ । केआईसिंह राजमार्गअन्तर्गत गन्यापधुरा गाउँपालिका–२ को रडुवामा खसेको पहिरोसँगै आएको ढुङ्गा लागेर अमरगढी नगरपालिका–४ बस्ने १७ वर्षीय राकेश ऐरको मृत्यु भएको प्रहरी निरीक्षक नायकले बताए । डोटीको दिपायलबाट फर्किदा मोटरसाइकलको पछाडि सवार ऐरलाई माथिबाट खसेको ढुङ्गा लागेको थियो । गम्भीर घाइते ऐनलाई थप उपचारका लागि धनगढी रेफर गरिएकोमा राति बाटोमै मृत्यु भएको जनाएको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap