संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आलेको अश्लील गाली सामाजिक सन्जालमा सार्वजनिक


लेखक : सुन्दराञ्चल      फाल्गुन ३, २०७८ मा प्रकाशित     
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आलेको अश्लील गाली सामाजिक सन्जालमा सार्वजनिक

काठमाडौं ३ फागुन, । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले अश्लील शब्द प्रयोग गर्दै एक व्यक्तिलाई गाली गरेको अडियो सामाजिक सन्जालमा सार्वजनिक भएको छ ।

उनले अछाम घर भई भारतको मुम्बई बस्ने जगत ओलीलाई गरेको अश्लील गाली सामाजिक सन्जालमा सार्वजनिक भएको हो । आफूविरुद्ध फेसबुकमा जथाभावी किन लेखेको भन्दै मन्त्री आले ओलीविरुद्ध खनिएका छन् ।

आलेले उनी बसेको मुम्बईको ठेगाना माग्दै ‘त्यहींबाट उठाइदिने’ र ‘हातखुट्टा काटिदिने’ धम्कीसमेत दिएको सुनिन्छ । यो अडियो अहिले सामाजिक सन्जालमा भाइरल भएको छ ।

मन्त्री आलेका प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीका अनुसार एमाले सांसदहरुले फ्लोर क्रस गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि आलेविरुद्ध ओलीले फेसबुकमा ‘जथाभावी’ लेखेका थिए । त्यसपछि उनैले आलेलाई म्यासेन्जरमा फोन पनि गरेका थिए । त्यही क्रममा भएको सम्वाद अहिले सार्वजनिक गरिएको आलेका प्रमुख स्वकीय सचिव रेग्मीको भनाइ छ ।

सचिवालयद्वारा खेद प्रकट

यसैबीच मन्त्री आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै उनको सचिवालयले खेद प्रकट गरेको छ ।

आलेका प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीले अछाम घर भई हाल भारतको मुम्बई बस्दै आएका जगत ओलीको नामबाट निरन्तररूपमा ब्ल्याकमेल गर्ने, उत्तेजित गर्ने र सोही विषयलाई सामाजिक सञ्जालमा राख्ने तथा धम्क्याउने काम भएको भन्दै खेद प्रकट गरेका हुन् ।

सार्वजनिक पदमा नहुँदाका बखत भएका अनौपचारिक एवं व्यक्तिगत विषयलाई अनधिकृतरूपमा बाहिर सार्वजनिक गरी मन्त्रीको छविमा आँच आउने काम गरिएको भन्दै रेग्मीले दोषीमाथि कारबाही गर्नुपर्ने बताएका छन् ।

मन्त्री आलेले जनमुखी कार्य गरेर लोकप्रिय हुन थालेपछि अत्तालिएका केही व्यक्तिले षडयन्त्र गरेको प्रमुख स्वकीय सचिव रेग्मीको भनाइ छ । अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap