संसारकै सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेर कीर्तिमान बनाएका आरोही कामीरिता शेर्पालाई काठमाडौंमा स्वागत,


लेखक : सुन्दराञ्चल      जेष्ठ ११, २०८० मा प्रकाशित     
संसारकै सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेर कीर्तिमान बनाएका आरोही कामीरिता शेर्पालाई काठमाडौंमा स्वागत,

११ जेठ, संसारकै सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेर कीर्तिमान बनाएका आरोही कामीरिता शेर्पालाई काठमाडौंमा स्वागत गरिएको छ।

आरोही शेर्पाले सगरमाथाको २८औं पटक आरोहण गरेर कीर्तिमान बनाएका थिए। उनी एक सातामै दुई पटक सगरमाथाको चुचुरोमा पुगेका थिए।

उनी जेठ ३ गते २७औं पटक सगरमाथाको चुचुरोमा पुगेका थिए। त्यसको सात दिनपछि जेठ ९ गते फेरि आरोहण गरेका थिए।

आरोही शेर्पा बिहीबार सोलुखुम्बुबाट काठमाडौं फर्किएका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap