संसारकै लामो समुद्रमुनिको रेलवे सुरुङ


लेखक : सुन्दराञ्चल      अशोज ७, २०७९ मा प्रकाशित     
संसारकै लामो समुद्रमुनिको रेलवे सुरुङ

७ असोज, काठमाडौं । बाल्टिक सागरको ४० मिटर मुनि विश्वको सबैभनदा ठूलो रेल सुरुङमार्गको काम पछिल्लो दिनमा तिव्र रुपमा चलिरहेको छ । यो सुरुङले जर्मनी र डेनमार्कलाई आपसमा जोड्नेछ र यो रेलसुरुङका कारण दुई देशबीच यात्रा गर्नमा लाग्ने समय निकै घट्नेछ ।

उक्त सुरुङको योजना निर्माणमै १० वर्ष लाग्यो र सन् २०२० मा मात्रै यसको निर्माण कार्य सुरु भएको हो । यो रेलसुरुङ मार्गको नाम फेहमर्नबेल्ट रेल टनेल हो ।

यो सुरुङको डेनमार्कतर्फको भागमा एक अस्थायी बन्दरगताह निर्माण कार्य पूरा भइसकेको छ । यो बन्दरगाहले त्यस्तो कारखानाको रुपमा काम गर्नेछ जसको सहयोगमा ८९ वटा ठूला कंक्रिटका स्टेशन तयार हुनेछन् । ती स्टेशन उक्त सुरुङका अहम हिस्सा हुनेछन् ।

१८ किलोमिटर लामो रेल सुरुङ

यो सुरुङ करीब १८ किलोमिटर लामो हुनेछ । यो युरोपको सबैभन्दा ठूलो पूर्वाधार परियोजना हो जसको बजेट ७ अर्ब १० करोड डलर भन्दा धेरै छ । यो सुरुङ बनाउने जिम्मा डेनमार्कको फेमर्न ए एसले प्राप्त गरेको छ । कम्पनीका सिइओ हेनरिक भिन्सेन्टसेनका अनुसार पहिलो प्रोडक्सन लाइन यहीँ वर्षको अन्त्यसम्म वा सन् २०२३ को सुरुवात सम्ममा तयार हुनेछ ।

फ्रान्स र इंगल्याण्डलाई जोड्ने च्यानल सुरुङ चाहीँ ५० किलोमिटर लामो छ । सन् १९९३ मा यसको निर्माण कार्य पूरा भएको थियो र त्यो निर्माणमा १ करोड ३६ लाख डलर खर्च भएको थियो ।

च्यानल सुरुङ फेहमर्नबेल्ट सुरुङ भन्दा लामो छ तर उक्त सुरुङ तयस समय बोरिंग मेसिनको सहयोगमा बनाइएको थियो । फेहमर्नबेल्ट पहिलो यस्तो रेल सुरुङ हो जुन समुद्रको मुनिबाट गुज्रिन्छ र खण्ड खण्डको सहयोगमा तयार गरिँदैछ ।

केवल ७ मिनेटको समय

यो सुरुङ फेहमर्नबेल्टको तलबाट निस्कनेछ । यो त्यो हिस्सा हो जसले जर्मनीको फेहमर्न टापु र डेनमार्कको लोलल्याण्डलाई आपसमा जोड्दछ । हाल मानिसहरु यसलाई डुंगामा चढेर पार गर्दछन् ।

यो सुरुङको उद्धेश्य हाल ४५ मिनेट लाग्ने उक्त यात्रालाई केवल ७ मिनेटमा झार्नु हो । हरेक वर्ष लाखौँ मानिसहरु रोड्बी तथा पुटगार्डेनको बीचको मार्ग पानी जहाज तथा डुंगाको सहयोगमा तय गर्दछन् ।

फेहमर्नबेल्ट सुरुङको आधिकारिक नाम फेहमर्नबेल्ट टनेल फिक्स्ड लाइन हो । यो विश्वको यस्तो पहिलो सुरुङ हो जहाँ सडक र रेलमार्ग दुबै हुनेछ । यो सुरुङमा विद्युतीय रेलमार्गका अतिरिक्त गाडी गुड्ने दुई लेनको सडक भएको एक सर्भिस लेन पनि हुनेछ ।

कम्पनीका प्राविधिक निर्देशक जीन ओले कासुलन्दका अनुसार हाल कोपनहेगनबाट ह्याम्बर्गसम्म रेलको यात्रा गर्न साढे ४ घण्टा लाग्दछ । यो रेल सुरुङमार्ग बनेसँगै केवल साढे २ घण्टामै उक्त दूरी पार गरिनेछ ।

सन् २००८ मा सुरु भएको थियो परियोजना

यो रेलसुरुङ परियोजनाको सुरुवात सन् २००८ मै भएको थियो । त्यसबेला जर्मनी र डेनमार्कबीच यस विषयमा एक सम्झौतामा हस्ताक्षर भयो । त्यसपछि दुई देशबीच रेलमार्ग निर्माणसँग सम्बन्धित कानूनी कार्यवाही तथा प्राविधिक कमीहरु पूरा गर्नमा एक दशकको समय लाग्यो । उक्त सुरुङ पर्यावरणीय नियमको विपरित रहेको भन्दै जर्मनीका विभिन्न संगठनहरुले यसको विरोध पनि गरेका थिए ।

सन् २०२० को नोभेम्बरमा जर्मनीको एक अदालतले उक्त रेलसुरुङ को विरुद्धमा परेका सबै मुद्दाहरु खारेज गरिदियो जसका कारण यो परियोजना अगाडि बढ्यो । डेनमार्कको तर्फबाट एक अस्थायी बन्दरगाहको निर्माणकार्य पूरा भएसँगै हाल विभिन्न चरणका कामहरु जरी छन् ।

सुरुङका विभिन्न खण्डको निर्माण हुनेछ । जसमा हरेक सुरुङहरु २१७ मिटर लामो, ४२ मिटर चौडा र ९ मिटर अग्लो हुनेछन् । हरेक खण्डको वजन ७३००० मेट्रिक टन अर्थात् १३००० हात्तीको वजनभन्दा पनि बढि हुनेछ । यो परियोजना निर्माणका लागि २५ सय मानिस खटिएका छन् । एजेन्सीको सहयोगमा

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap