संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज बस्दैछ,


लेखक : सुन्दराञ्चल      असार ९, २०७९ मा प्रकाशित     
संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज बस्दैछ,

९ असार, संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले  राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस गर्नेछन् भने उनले नै राष्ट्रिय सभामा उत्पति भएको नीति अनुष्ठान प्रतिष्ठान विधेयक, २०७६ र लोकसेवा आयोग विधेयक, २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवले ‘ग्लोबल ग्रिन ग्रोथ इस्टिच्युटको सहभागितामूलक सदस्यका रूपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौता पेस गर्ने सम्भावित कार्यसूची पनि रहेको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap