संचारकर्मी ऐडीद्धारा स्वर्गीय आमाको पुण्य तिथिमा दृष्टि फाउन्डेसनमा भोजन दान


लेखक : सुन्दराञ्चल      फाल्गुन २९, २०८० मा प्रकाशित     
संचारकर्मी ऐडीद्धारा स्वर्गीय आमाको पुण्य तिथिमा दृष्टि फाउन्डेसनमा भोजन दान

धनगढी फाल्गुन २९,संचारकर्मी रमेश ऐडीले स्वर्गीय आमा बिस्ना देवि ऐडीको स्वर्गारोहण भएको पुण्य तिथिको अवसरमा दृष्टि फाउन्डेसनमा भोजन दान गरेका छन् । सुल्जन मिडिया प्रालिद्वारा संचालित सुदूरपश्चिम टाइम्सका संचालक ऐडीले आज फागुन २९ गते स्वर्गीय आमाको स्वर्गारोहण भएको पुण्य तिथिमा दृष्टि फाउन्डेसनमा रहेका ६५ जना घरबार विहिन, बेसहारा महिला तथा बालबालिकाहरुलाई भोजन गराएका हुन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १९ स्थायी घर भएका पत्रकार ऐडीकी आमाको वि।स २०७८ फागुन २९ गतेका दिन करेन्ट लागेर स्वर्गारोहण भएको थियो । स्वर्गीय आमाको सम्झना र सम्मानमा गत बर्ष धनगढीको मानव सेवा आश्रममा भोजन दान गरेका ऐडीले यस बर्ष धनगढी उपमहानगरपालिका वडा नम्बर १३ कैलाली गाउँमा रहेको दृष्टि फाउन्डेसनमा भोजन दान गरेका हुन् । पत्रकार ऐडीले पिता महावीर ऐडी,दिदी भावना ऐडी,भाई भुवन ऐडी र बहिनी रोसा ऐडीको तर्फबाट फाउन्डेसनमा उपस्थित भएर १० हजार बराबरको भोजन दान गरेका हुन् ।

वि।स २०७५ सालमा कल्पना भट्टले स्थापना गरेको दृष्टि फाउण्डेसनले घर परिवार विहिन,बेसहारा महिला तथा बालबालिकाको हेरचाह र पालन पोषण गर्दै आएको छ । विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा हाल ५० जना महिला र १५ जना बालबालिका गरि ६५ जनाको अभिभावकत्व ग्रहण गरिरहेको फाउण्डेशनलाई आमाको सम्झनामा एक दिनको खाना सहयोग गर्न पाएकोमा ऐडीले खुसी व्यक्त गर्दै सबै जनाले आप्नो सुभ कार्य,पितृ कार्य तथा अन्य कार्यमा सहयोग गर्नुपर्ने बताए । उनले अनावश्यक फजुल खर्च गर्नु भन्दा मानव सेवाका लागि खर्च गर्दा आत्मा सन्तुष्टिका साथै अरुको जिवन बचाउन सहयोग पुग्ने भएकाले स्वर्गीय आमाको स्वर्गारोहण भएको तिथिमा हरेक बर्ष भोजन दान गर्ने बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap