भारतको बरेली भोजीपुरा मा रहेको श्री राम मुर्ती स्मारक ईन्स्टिच्युट अफ मेडिकल साइन्सेजले नेपाली विरामिहरुकालागि नि .शुल्क उपचार गर्ने भएको छ। अस्पतालले यहि सोमबार देखि एक महिना सम्म निशुःक औषधि उपचार तथा अप्रेसन गर्ने जनाएको हो ।
अस्पतालले नेपाली बिरामीको उपचार गर्न नि शुल्क शिविर लाग्ने बताएको हो । नेपालको सुदूरपश्चिम प्रदेशबाट जाने बिरामीले अन्य समयमा पनि विशेष छुट पाउने गरेको भए पनि स्वास्थ्य शिविरमा भने हार्निया, एपेन्डिक्स, पत्थरी, पाइल्स पिडिया , छाला ,कान ,अथोपेडिक ,स्त्री रोग ,जनरल सर्जरी , जस्ता रोगको निस्शुल्क शल्यक्रिया गरिने भएको हो । यो सुविधा अस्पतालमा भर्ना भएर उपचार गर्ने विरामिहरुकालागि मात्र रहेको समेत जनाएको छ ।
एक हजार शैय्याको अस्पताल श्री राम मुर्ती स्मारक अस्पताल ट्रष्टद्वारा सञ्चालित मेडिकल कलेज हो। मेडिकल कलेजमा १ हजार शय्या छन् भने ११ वटा विभाग छन्। अस्पतालमा १३० जना विशेषज्ञ चिकित्सक छन् भने ६५० चिकित्सकले सेवा प्रदान गरिरहेको अस्पताल व्यवस्थापनले जनाएको छ।
अस्पताल व्यवस्थापनका अनुसार सन् २००२ मा स्थापना भएको मेडिकल कलेजमा दैनिक १५ हजार बिरामी आउने गरेका छन्। विशेषज्ञ चिकित्सकको पढाई हुने श्री राम मुर्ति मेडिकल कलेजमा एकै छानामुनि अत्याधुनिक उपचार सेवा उपलब्ध रहेको छ।
विपन्न बिरामीको निस्शुल्क उपचार
बिरामी कुरुवालाई खाने र बस्ने प्रवन्ध पनि अस्पताल भित्र नै व्यवस्था गरेको छ । नेपालका लागि कर्मचारी करन चौधरीले नेपाली विरामि हरुलाई सहयोग गर्नेछन् ।
सस्तो, भरपर्दो र अत्याधुनिक उपचारका लागि बिरामीको रोजाइमा श्री राम मुर्ती अस्पताल पर्न थालेको छ । सम्पूर्ण उच्चस्तरीय उपचार सेवा उपलब्ध छ ।
मुटु, क्यान्सर, मृगौलाको स्तरीय र अत्याधुनिक उपचार सेवा उपलब्ध रहेको छ । अस्पतालमा रोबोटिक सर्जरी, मृगौला प्रत्यारोपण र अत्याधुनिक एमआरआई र सिटिस्क्यान मसिन रहेकाछन् ।