श्रीमानको पिडा नभुल्दै शुनन्दालाई अर्को पिडा , व्युटीसियनले गरे आर्थीक सहयोग ,


लेखक : सुन्दराञ्चल      चैत्र २९, २०८० मा प्रकाशित     
श्रीमानको पिडा नभुल्दै शुनन्दालाई अर्को पिडा ,  व्युटीसियनले गरे आर्थीक सहयोग ,

सुदुरपश्चिमकै तेस्रो व्युटीसियनको को रुपमा नेहा व्युटीपार्लरकी संचालक सुनन्दा पाण्ड्य कैलालीको अत्तरिया लगाएतका क्षेत्रमा नेहा पार्लरकि सञ्चालक भनेर चिनीएकी थिईन् । उनी सानै उमेर देखिनै व्यवसायमा संलग्न रहेकि हुन् । व्यवसाय गर्दा जिवन रामै संग चलेको थियो । श्रीमान सहित एक छोरा ,एक छोरी थिए सुनन्दाको समय बित्दै गयो व्यवसायबाट उनले राम्रो आम्दानी गरिरहेकी थिईन् । अत्तरिया लगायतमा उनको पार्लर त्यतीबेला निकै चर्चामा थियो । सम्भवत त्यो क्षेत्रको एउटै पार्लर हो , नेहा पार्लर भनेपछि प्राय सबैले चिन्दथे । जिवन राम्रो संग चल्दै थियो त्यतिकैमा उनको श्रीमान लाई क्यान्सर रोग लाग्यो लामो समय सम्म उनले आप्नो भएभरको ज्यथा लगाएर श्रीमानको उपचारमा खर्च गरिन् । नत श्रीमानको ज्यान बच्यो नत कमायको सम्पति २०७९ सालमा उनको श्रीमानको क्यान्सरको कारण मृत्यु भयो । श्रीमानको मृत्युको पीडा त छँदै थीयो संगै उनी आर्थीक रुपले समेत थलीई सकेकी थिईन् ।

कमाउने सहारा र जिवन साथी गुमाएपछि उनी छोरा र छोरीको सहारामा बाँचि रहेकि थिईन् । छोरा छोरी पढाउँने हुर्काउने जिम्मा आप्नै काँधमा आईपरेपछि उनी सम्हालीदै पुनःआप्नो व्यवसायमा फर्कीईन् र व्यसाय रामै चलिरहेको थियो । दैवको दशा भनौ या भाग्यको खेल जिवनभरी दुख भोग्नु लेखेको छ भने सुख काँहाँ हुन्छ । फेरी उनको जिवनमा अर्को बज्रपात आईलाग्यो । २२ वर्षका उनको एक्लै छोरा नेहाल पाण्ड्यको धनगढीकै राजपुरमा मोटरसाईकल दुर्घटना भयो । दुर्घटनामा उनी गंम्भिर घाईते भए उनको महिनौ सम्म धनगढीकै माया मेट्रो अस्पतालमा आईसियुमा राखेर तीन महिना सम्म उपचार चल्यो । टाउकोको ५ ओटा र २ ओटा हातको गरी सात ओटा अप्रेसन भयो । उपचारको क्रममा एकमहिना उनको टाउको बाट दिमाग निकालेर पेटमा राखेर उपचार भयो । जति उपचार गरेपनि उनको स्वास्थ्यमा राम्रो सुधार हुन सकेन । टाउकामा पानि जम्ने सम्स्या त कतै खुटा बाट काटेर घाँटिमा जोडीएका नक्कली नसाले धोका दिन थाल्यो । उनी अहिले घरमै औषधि सेवन गरिरहेकाछन् । उनको उपचारमा ३५ लाख खर्च भई सकेको र अझै उपचारमा ठुलो रकम लाग्ने र दैनीक औषधी खरिदगर्नु पर्ने सुनन्दा बताउँछिन् । आज सम्मत धाने अव छोरालाई एक सिटामोल समेत किनेर ख्वाउने अवस्था छैन । जिवनभर कमाएको सबै श्रीमानको उपचारमा लाग्यो रहेको र माईती आफन्तले दिएको सबै सहयोग पनि फेरी छोरोको उपचारमा सिद्धियो । अव छोरो बचाउने आश मर्नलाग्यो दिनभर आमा छोरा रोयर दिन बित्छ कहिल्यै । छोराका कारण पार्लरमा काम गर्न समेत जान भ्याउदैन पैशा नहुँदा कहिले भोकै बसेका छौ । लामो सुस्केरा हाँल्दै उनले भनिन् , जिन्दगिमा यस्तो पनि समय आँउदो रहेछ । अहिले उनी कोहि आफुलाई सहयोग गर्ने भगवान होलाकि भनेर भौतारिदै छिन् जस्ले पलपल छोराको डग्गमगाउदै गरेको स्वासलाई फिर्ता ल्याई देलान्की भनेर । बुधबार धनगढीबाट उनले गर्ने व्यसायको संगठन व्युटीपार्लर यसोसीयसन सुदुरपश्चिम प्रदेशको कमिटी उनको निवास अत्तरियामा सोनो सहयोग लिएर पुग्यो त्यस पछि उनले आँखामा आँसु थाँम्न सकिनन् । उनी भक्कानीदै रुन लागिन् मेरो आशा टुटेको थियो म आफै ढल्नै लागिसकेकि थिँए । समितीका केहि पदाधीकारी र संस्थाबाट गरी २५ हजार रुपैयाँ यसोसियसनका तर्फबाट पाएपछि उनले भनीन् मेरो पछि पनि कोहि रहेछ अब छोरो बचाउन सक्छुकि भन्ने आशा जाग्यो । हुनत मैले तीस वर्ष देखि अत्तरिया बजारमा व्यवसाय गदै आएकी छु । मेरा धरै सुभचिन्तक होलान् मेरो यस्तो अवस्थाको बारे धेरैलाई थाहा नहुन पनि सक्छ सरकारबाट गरिव र एकल महिलाई सहयोग मिल्छ भन्ने सुनेकिछु तर सहयोग कहि कतैबाट पनि पाएको छैन । उनी अहिले सबै बाट सहयोगको लागि याचना गरिरहेकीछन् । छोराको थप उपचार र औषधि खरिदकालागि निकै समस्यामा परेकीछन् ।यसोसीयसनका मिना बोहरा १ हजार ,जुनु कडाएत १ हजार पचास, पुजा कँवर १ हजार ,लक्ष्मी जोशी १हजार ,बविता मिश्र १हजार कमला पन्त १हजार ,मधु श्रेष्ठ १ हजार ,लक्ष्मी मल्ल १ हजार ,रमिता राना १ हजार ,रोसनी श्रेष्ठ ५ सय ,किरण श्रेष्ठ १हजार अनिता भट्ट १हजार १ सय १ ,बिद्या धामि ५सय पाँच ,हेमा ओझा ५सय पाँच ,टिका जोशी १ हजार ,स्मृती खत्री ५ सय ५ प्रिया ५ सय रुपैयाँ सहयोग गरेका छन् ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap