शैक्षिक सुधारपछि विद्यार्थीको चाप,


लेखक : सुन्दराञ्चल      जेष्ठ २३, २०७९ मा प्रकाशित     
शैक्षिक सुधारपछि विद्यार्थीको चाप,

२३ जेठ, रोल्पा । सदरमुकाम लिवाङस्थित बालकल्याण नमुना माध्यमिक विद्यालयमा पछिल्ला केही वर्षयता विद्यार्थीको अत्यधिक चाप बढेको छ ।

शिशु कक्षादेखि १२ कक्षासम्म र सिभिल इन्जिनियरिङको डिप्लोमा र प्रिडिप्लोमा तहको पढाइ हुने यस विद्यालयमा दुई हजार ७६८ विद्यार्थी अध्ययनरत छन् ।

चालु शैक्षिक सत्रमा शिशु कक्षादेखि १० कक्षासम्म एक हजार ८१४ जना विद्यार्थी अध्ययनरत छन् । कक्षा ११ र १२ मा गरी ८२२, सिभिल ईन्जिनियरिङको डिप्लोमा र प्रि डिप्लोमा तहमा १४० जना अध्ययनरत रहेको विद्यालयले जनाएको छ ।

जिम्मेवार शिक्षक, अनुशासित विद्यार्थी र अभिभावको निरन्तर सहयोग र निगरानीका कारण विद्यालयको शैक्षिक सुधार सम्भव भएको विद्यालयका प्रधानाध्यापक मधुसुदन पोखरेलले बताए । वर्षेनी दई/तीन सय विद्यार्थी निजी विद्यालय छाडेर आफ्नो विद्यालयमा आउने गरेको पोखरेलले जानकारी दिए ।

विद्यालयमा शिशु कक्षादेखि कक्षा १० सम्म अंग्रेजी माध्यममा पठनपाठन हुँदै आएको छ । शिशु कक्षादेखि कक्षा ५ सम्म अंग्रेजी माध्यम अनिवार्य बनाइएको छ भने कक्षा ६ देखि १० सम्म अंग्रेजी र नेपाली माध्यम दुबैमा पढाइ हुँदै आएको छ ।

कक्षा ११ र १२ मा विज्ञान, मानविकी, व्यवस्थापन, शिक्षा र कम्युटर विज्ञानको पढाइ भइरहेको विद्यालयले जनाएको छ । केही वर्षयता सो विद्यालयले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदबाट सम्बन्धन प्राप्त गरी सव-ईन्जिनियर र सव-ओभरसियर विषयमा समेत पठन पाठन गर्दै आएको छ ।

२०२३ सालमा स्थापना भएको यो विद्यालय जिल्लाकै पुरानोमध्येको एक हो । २०५२ सालदेखि उच्च मावितहको पढाइ सुरु भएको विद्यालय जिल्लामा राजनीतिक गतिविधि अत्यधिक हुने विद्यालयको रुपमा परिचित थियो । त्यसैले सचेत अभिभावकले आफ्ना छोराछोरी निजी विद्यालयमा भर्ना गर्दथे ।

तर पछिल्लो केही वर्षयता भने विद्यालयको शैक्षिक अवस्था सुधार हुँदै गएको छ । शिक्षा विभागले ल्याएको एक निर्वाचन क्षेत्र एक नमूना विद्यालय कार्यक्रममा यो विद्यालय पनि छनोट भएको थियो ।

व्यवस्थापन समितिका सदस्य जीतबहादुर डाँगीले अभिभावक, विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुको लगातारको मिहिनेतका कारण विद्यालयको सुधार संभव भएको बताए ।

‘अभिभावकको निरन्तर निगरानी, विद्यालय व्यवस्थापन समितिको खटनपटन एवम जिम्मेवारी वोध तथा शिक्षकहरुमा आएको सेवा भावकै कारण विद्यालयको शैक्षिक सुधार संभव भएको हो’ सदस्य डाँगीले भने । विद्यालयमा शैक्षिक सुधारसँगै निजी विद्यालय छाडेर भर्ना हुन आउनेको संख्या बढेको उनको भनाइ छ ।

हिजोआज विद्यालयको अवलोकन भ्रमणका लागि जिल्ला भित्र र बाहिरका विभिन्न विद्यालयको टोली आउने गरेको विद्यालयका सहायक प्रधानाध्यापक लेखमणि खड्काले बताए ।

जिल्ला स्तरमा सञ्चालन हुने विद्यालयस्तरीय खेलकुद, सांस्कृतिक तथा साहित्यिक कार्यक्रमहरुमा समेत सो विद्यालयले राम्रो नतिजा ल्याउदै आएको छ । हरेक वर्ष सञ्चालन गरिने माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विगत ६ वर्षयता सबै शिल्ड यही विद्यालयले जितेको छ ।

सो विद्यालयले खेलकुदलाई प्रोत्साहन गर्न छुट्टै खेल शिक्षकको व्यवस्था गरेको छ । आन्तरिक स्रोतबाट १ जना र लुम्विनी प्रदेश सरकारको सहयोगमा १ गरी २ जना विद्यालय नर्स व्यवस्था गरिएको छ । विद्यालयमा रहेको हेल्थ डेस्कले विद्यार्थीको सामान्य स्वास्थ्य परिक्षण, अत्यावश्यक औषधी वितरण तथा स्वास्थ्य सरसफाइ र महिनावारी व्यवस्थापनमा सहयोग गर्दै आएको नर्स जोसना डाँगीले बताइन् ।

विद्यालयमा बढ्दै गएको विद्यार्थी संख्याको तुलनामा मानवीय र भौतिक संरचना कम हुन पुगेको व्यवस्थापन समितिका सदस्य पवित्रा आचार्यले बताइन् । वर्षेनी ठूलो संख्यामा नयाँ विद्यार्थी थप हुदै जाँदा शिक्षक र कक्षाकोठा समेत थप गर्नु पर्ने भएकाले विद्यालयलाई ठूलो व्ययभार हुने गरेको आचार्यको भनाइ छ ।

कक्षा ६ देखि १० सम्म २ वटा भाषामा पठन पाठन गर्नुपर्दा दोब्बर जनशक्तिको व्यवस्थापन गर्नुपरेकाले व्ययभार धेरै रहेको उनको भनाइ छ । विद्यालयमा अहिले सरकारी दरबन्दीमा रहेका २४ सहित ६५ जना शिक्षक कर्मचारी कार्यरत छन् ।

एसईई परीक्षाका लागि कक्षा १० का सबै विद्यार्थीहरु मंसिरदेखि चैत्रसम्म विद्यालयमै आवासीय रुपमा बसेर तयारी गर्ने गर्छन् । अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap