शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू हुने


लेखक : सुन्दराञ्चल      चैत्र २४, २०७८ मा प्रकाशित     
शुक्रबारदेखि   निर्वाचन आचारसंहिता लागू हुने

 काठमाडौं  २४ चैत,  । निर्वाचन आयोग आचारसंहिता कार्यान्वयन गर्ने अन्तिम तयारीमा जुटेको छ । निर्वाचनको तयारीवारे बिहीबार सरकारलाई ब्रिफिङ गरेको आयोगले सम्भवतः शुक्रबारको बैठकबाट आचारसंहिता लागू भएको निर्णय र घोषणा गर्नेछ ।

‘सम्भवतः आज/भोलि बस्ने आयोगको बैठकले आचारसंहिता लागू हुने निर्णय गर्नेछ’ निर्वाचन आयोग उच्च स्रोतले भन्यो, ‘निर्वाचन सुरु हुन करिबकरिब एक महिना बाँकी छ । अब भने आचारसंहिता लागू गर्न ढिलाई गर्नु हुदैन भन्ने हाम्रो निष्कर्ष हो ।’

निर्वाचन आचारसंहिता लागू भएपछि बन्देजहरु लागू हुने भएकाले प्रमुख दलका शिर्ष नेताहरुले केही दिनयता निर्वाचन केन्द्रित अभियान तिब्र पारेका छन् ।

निर्वाचन आउन करिव एक महिनामात्रै बाकी रहेकाले अब पनि आचारसंहिता लागू नगर्ने हो भने राज्यको सुविधा लिने पदाधिकारी र स्रोतसाधन प्रयोग गर्नेहरुका क्रियाकलापले निर्वाचनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले तत्काल आचारसंहिता कार्यान्वयन गर्ने निष्कर्ष आयोगका पदाधिकारीहरुले निकालेका छन् ।

निर्वाचन आयोगले तयार पारेको र ३ चैत २०७८ मा राजपत्रमा प्रकाशित गरेको निर्वाचन आचारसंहितामा राज्यको पदमा बसेकाहरु, निर्वाचनमा भाग लिने उमेद्वारहरु अनि निर्वाचनमा प्रत्यक्ष नजोडिएका तर सरोकारवालाहरुले पालना गर्नुपर्ने नियमको व्यवस्था गरिएको छ ।

आचारसंहिता जारी भएपछि स्थानीय तहका जनप्रतिनिधिले राजिनामा दिनुपर्ने प्रावधान राखिएको थियो, जसलाई सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत रोक लगाएको छ । त्यो आदेशले निरन्तरता पाउने कि नपाउने भन्नेवारे छलफल हुन बाकी छ ।

आचारसंहितामा निर्वाचन प्रचारप्रसारमा फजुलखर्च गर्न रोक लगाइएको छ भने सामाजिक सञ्जालको प्रयोगकोमा समेतमापदण्ड निर्धारण गरिएको छ । आयोगले निर्वाचनप्रचारप्रसारका क्रममा बैंकबाट मात्रै खर्च गर्नुपर्ने व्यवस्था थपेको छ ।अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap