शिशुको ३० घण्टापछि जीवितै उद्धार भूकम्पमा परी आमाको मृत्यु पछी पनि ,


लेखक : सुन्दराञ्चल      माघ २५, २०७९ मा प्रकाशित     
शिशुको ३० घण्टापछि जीवितै उद्धार भूकम्पमा परी आमाको मृत्यु पछी  पनि ,

माघ २५    सिरियामा भग्नावशेषमुनि फसेकी एक गर्भवती महिलाले नवजात शिशुलाई जन्म दिएकी छन् । न्यूयोर्क टाइम्सका अनुसार उत्तरी सिरियामा एउटा घरको भग्नावशेषबाट एक नवजात शिशुलाई जिउँदै निकालिएको हो ।

सोमबार गएको भूकम्पमा परी आमाको मृत्यु भए पनि नवजात शिशुलाई भने आमाको नाभीमा बाँधिएको अवस्थामा उद्धार गरिएको र उनको अवस्था नाजुक रहेको बीबीसीले लेखेको छ ।

नवजात शिशुका बुवा, चार दाजुभाइ र एक काकीले भूकम्पमा ज्यान गुमाएका छन् ।

शिशुलाई भग्नावशेषबाट निकालिएको कारूणिक दृश्य सामाजिक सञ्जालमा देख्न सकिन्छ ।३४ वर्षीय खलील अल शमीले न्यूयोर्क टाइम्सलाई सिरियाको जिन्दायरिस सहरमा सोमबार आएको भूकम्पले आफ्नो भाइको घर ध्वस्त भएको बताए। पूरै भवन भग्नावशेषमा परिणत भएको छ ।

उनी आफ्नो भाइ र परिवारका अन्य सदस्यहरू खोज्न भग्नावशेष खन्ने क्रममा थिए। यसैबीच उनले आफ्नी भाउजुको नाभीसँग जोडिएको सुन्दर बालिका देखे । त्यसपछि उनीहरूले तुरुन्तै नाभी काटे । बच्ची रुन थालिन्, उनलाई बाहिर निकाले ।

अस्पतालमा उपचाररत बालिका

भग्नावशेष पूरै हटाउँदा बालिकाकी आमा मृत अवस्थामा फेला परेकी थिइन् ।

खलीलका अनुसार उनकी भाउजु गर्भवती थिइन् र एक–दुई दिनपछि बच्चा जन्माउने मिति थियो । भूकम्पपछिको झट्काका कारण भग्नावशेषमै बच्चा जन्माएकी हुन् । करिब ३० घण्टापछि बालिकालाई सकुशल बाहिर निकालियो ।

समाचार संस्था एएफपीका अनुसार अहिले ती शिशुको अवस्था स्थिर रहेको छ । शरीरमा चोटका निशानहरू छन् । अत्यधिक चिसोका कारण उनलाई हाइपोथर्मिया पनि भएको छ ।

डेलिमेलमा प्रकाशित भिडियो-

टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेहरुको संख्या करिब आठ हजार पुगेको छ । समाचार एजेन्सी एएफपीका अनुसार टर्कीमा ५ हजार ८९४ र सिरियामा कम्तिमा १ हजार ९३२ जनाको मृत्यु भएको हो । समाचार एजेन्सी

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap