शिक्षक पन्त द्वारा निमुन मा वि खिमापुरका टुहुरा, अपाङ्ग तथा जेहेन्दार बालबालिकालाई न्यानो कपडा बितरण


लेखक : सुन्दराञ्चल      पुस २४, २०८१ मा प्रकाशित     
शिक्षक पन्त द्वारा निमुन मा वि खिमापुरका टुहुरा, अपाङ्ग तथा जेहेन्दार बालबालिकालाई न्यानो कपडा बितरण

पुष २४, बैतडीको पुर्चौडि नगर पालिका वडा नं एक आफाला खिमापुर स्थित  नमुना मा.वि.का नगर शिक्षक विजय राज पन्तद्धारा विद्यालयका टुहुरा, अपाङ्ग तथा जेहेन्दार बालबालिकालाई शिक्षक विजय राज पन्त द्धारा न्यानो लुगा बितरण गरिएको छ।

नमुना मा.वि.मा अध्ययनरत १६ जना टुहुरा, अपाङ्ग तथा जेहेन्दार बालबालिकालाई एक एक थान न्यानो कपडा आफ्नो व्यक्तिगत लगानिमा बितरण गरिएको हो।आज मंगलवार विद्यालयमा एक कार्यक्रमका बिच बितरण गरिएको शिक्षक निराजन भटृले जानकारी दिएको हो।

वि. व्य. स. अध्यक्ष अम्मर सिंह धामीको अध्यक्षता रहेको उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समिति पदाधिकारी, शिक्षक, विद्यार्थी र अभिभावकहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन शिक्षक मान बहादुर धानुकले गरेका थिए।

प्रधानाध्यापक नर बहादुर धामीले कार्यक्रममा बोल्दै विद्यालयले हरेक आरोह अवरोह पार गर्दै आइरहेको र हरेक समयमा पन्तको साथ सहयोग संगै अतुलनीय योगदान रहेको र यो कार्य विद्यालयको लागि नया तर स्वागत योग्य रहेको र अगामी दिनमा आफुहरुले पनि साथ दिने बताएका थिए भने वि. व्य. स. अध्यक्ष धामिले पनि सम्मान योग्य काम रहेको र राम्रो कामको लागि सबैले लाग्नु पर्ने बताएका थिए।

विद्यालयमा पानीको चुनौती देखिएकोमा विद्यालय लगाएत आफाला,खिमापुर, सुक्चोरी र सुर्जाङल गाउँका २५ घर परिवार लाई समेत पुग्ने गरि व्यक्तिगत रुपमा पहल गरि ७ किलोमीटर टाढा न्वादेउ बाट खानेपानी पुर्याएको स्थानीय नरदेव भटृले बताए। आफुले २०६५ साल देखि निजी शिक्षकको रुपमा कामगरि विद्यालयको विकास को लागि सकरात्मक रुपमा लागि रहेको र टुहुरा, अपाङ्ग तथा जेहेन्दार बालबालिको अवस्था कमजोर महसूस गरे पछि विद्यालय टिमको सकरात्मक सुझाव पाइ न्यानो लुगा वितरण गरको र अगामि दिन यस्ता कार्यहरु गर्ने पन्तले बताए ।May be an image of 12 people and text

२०४७ सालमा स्थापना भएको विद्यालयमा २०६५ सालदेखि निजिमा काम गर्दै आएका  २०७५ साल सालमा फाल्गुन पछि नगर शिक्षकमा नियक्ति भएका पन्त सरले २०७३ सालमा नि.मा.वि. बनाउनु पर्छ भनेर तत्कालिन वि.व्य.स. अध्यक्ष प्रमल धामी लगाएतका समिति, अभिभावक शिक्षकबाट निर्णय गराई जिल्ला शिक्षा कार्यालय बैतडीबाट कक्षा ६ को अनुमती मागी २०७४ सालमा कक्षा ७ को र २०७५ मा ८ को अनि र त्यसै सिलसिलामा मा.वि.को अनुमतिको लागि दौडधुप गरेर ९ कक्षाको अनुमती पनि पाएका थियौ । कक्षा १० को अनुमती पाएर अनि विद्यायलमा निजि स्रोत बाट शिक्षक पाल्नु पर्ने बाध्यता रहेको थियो । विद्यालयमा भवन तथा खेलमैदान, खानेपानी, शौचालयको समस्या रहेको थियो । निजि सरहरुको त.भ.मासिकको क.त.भ.को आधा प्रतिशत जति कर्जा निकालेर निजि, शिक्षक, शिक्षीकाहरुको खर्ज चलाएका पन्त सरले भवनको लागि स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकार वाट एक एक भवन उपलब्ध गराई फेरी प्रदेश सरकार बाट फिल्ड निर्माण कार्य गरेर त्यसको समाधान गरे पछि शिक्षक पन्त सरले खानेपानीको सवालमा आफ्नै निजि लगानिमा ७ कि।मि टाढा बाट ल्याएर २५,३० परिवार सहित विद्यालयमा पनि पानी उपलब्ध गरेका छन् ।

May be an image of 16 people

साथै विद्यालयमा शौचालयको समस्या भएकोले आफ्नै लगानिमा शौचालय बनाएका शिक्षक पन्त सरको लगानि विद्यालयको वि।व्य।स। ले अनुमादन गरेका छ भनि विद्यालयका प्रधानाध्यापक नर बहादुर धामी ले बताएका छन् । उहाँको यो विद्यालयमा विद्यालय भित्र पर्ने सम्पुर्ण सरकोकारवाला बाट विजय पन्त सरलाई उच्च सम्मान गर्दछौ भनि वि।व्य।स। अध्यक्ष अमर सिंह धामी ज्यूले बताएका छन् ।

यति गर्दा गर्दै अहिले आएर भवनको फिल्डको र संघिय अनुदान कोटा प्राप्त भएकोले शिक्षकको समस्या पनि केहि हद सम्म टारिएको छ । परिवारिक संख्या कम भएता पनि भौगोलिक कठिनाइ भएको हुनाले विद्यालयले अनुमति प्राप्त पाएको थियो भनि त्यहाका समाजसेवी बुद्धिजिवी अभिभावक नरदेव भट्टले भनेका छन् ।यति मात्र नभई पन्त सरले विद्यालय समय बाहेक सामाजिक कार्य र आधुनिक कृषिमा पनि जोड दिएका छन् । यो संगै कृषिमा बाख्रा पालन, केरा, कोदो, अम्बा खेती र निबुवा खेतिका साथै प्लाष्टिक टनेल लगाई आधुनिक तरिकाले तरकारी खेती पनि उत्पादन गरि आएका छन् ।

May be an image of 12 people and text

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap