धनगढी त्रिनगर माध्यमिक विद्यालयका विद्यार्थी दुई दिन देखी आन्दोलित,


लेखक : सुन्दराञ्चल      मंसिर १४, २०८० मा प्रकाशित     
धनगढी त्रिनगर माध्यमिक विद्यालयका विद्यार्थी दुई दिन देखी  आन्दोलित,

धनगढी मंसिर १४, धनगढी उपमहानगरपालिकामा रहेको त्रिनगर माध्यमिक विद्यालयका विद्यार्थी बुधबार देखी आन्दोलित भएका छन् । विद्यालयमा भएको शिक्षकको सरुवा गरिएको विरोध र अन्ने आवश्यक शिक्षकको माग गर्दै त्रिनगरका माध्यामीक विद्यार्थीहरुले आन्दोलन गरेका छन्
आन्दोलनरत विद्यार्थीले बुधबार देखी आन्दोलनमा आएका बिद्यार्थी आज बिहीबार पनि धनगढी उपमहानगरपालिकाको कार्यालय घेराउ, नारा बाजी गरेर प्रदर्शन गरेका छन् । बिद्याथीहरुले धनगढी उपमहानगरपालिकाको गेटमा तालाबन्दीसमेत गरेका थिए । विद्यार्थी सङ्ख्याको आधारमा दरबन्दी थप्नुपर्नेमा कटौती गरेर भएका शिक्षक पनि सरुवा गरिएपछि विद्यार्थी आन्दोलनमा उत्रेको विद्यालयका प्रधानाध्यापक भूपाल खड्काले बताए ।
उनका अनुसार त्रिनगर माध्यमिक विद्यालयमा नौ जनाको दरबन्दी रहेको थियो । एउटा दरबन्दी कटौती गरिएपछि आठ जना शिक्षक कार्यरत छन् । सोही विद्यालयमा दुई हजार ३८० जना विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक भूपाल खड्काले बताए ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap