बैशाख ११,शिक्षा ऐनको माग गर्दै काठमाडौंमा जारी शिक्षक आन्दोलनका कारण सुदूरपश्चिम प्रदेशका ६ लाखभन्दा बढी विद्यार्थीको अध्ययन प्रभावित भएको छ।
सामुदायिक विद्यालयका शिक्षकहरू आन्दोलनमा उत्रिएपछि नयाँ शैक्षिक सत्रको भर्ना तथा पढाइ प्रक्रिया अवरुद्ध भएको हो।विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासंघको नेतृत्वमा गत चैत २० देखि शिक्षकले सडक आन्दोलन गरिरहेका छन्।महासंघले शैक्षिक हड्तालसमेत घोषणा गरेको छ।
उक्त हड्तालको समर्थनमा यहाँका विभिन्न सामुदायिक विद्यालयले सूचना जारी गर्दै शिक्षक महासंघको आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै विद्यालयमा सबै शैक्षिक गतिविधि बन्द गरेको जानकारी गराएका छन्।शिक्षकको काठमाडौं केन्द्रित आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित बनेको छ।सरकारले यही वैशाख २ देखि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियानको तयारी गरे पनि शिक्षक आन्दोलनमा हुँदा भर्ना अभियान प्रभावित बनेको हो।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासंघको नेतृत्वमा गत चैत २० देखि शिक्षकले सडक आन्दोलन गरिरहेका छन्।महासंघले शैक्षिक हड्तालसमेत घोषणा गरेको छ । उक्त हड्तालको समर्थनमा यहाँका विभिन्न सामुदायिक विद्यालयले सूचना जारी गर्दै शिक्षक महासंघको आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै विद्यालयमा सबै शैक्षिक गतिविधि बन्द गरेको जानकारी गराएका छन्।
महेन्द्रनगरस्थित महेन्द्रनगर माध्यमिक विद्यालयका प्रधानाध्यापक देवराज भट्टले सम्पूर्ण शैक्षिक कार्य बन्द गरिएको जानकारी दिए। शिक्षकरशिक्षिका आन्दोलनमा काठमाडौं गएका छन्।शैक्षिक कार्य गर्ने वातावरण छैन,उनले भने,सरकारले माग सम्बोधन गरे शैक्षिक कार्यक्रम अगाडि बढ्छन् । उनले कक्षा ११ को पठनपाठन बन्द गरिएको बताए।शिक्षा विकास निर्देशनालय डोटीका अनुसार सुदूरपश्चिम प्रदेशमा कक्षा १ देखि १२ सम्म पाँच लाख ३१ हजार ३८२ विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययनरत छन्।
यसका अतिरिक्त शिशु कक्षामा ७० हजार ६१४ बालबालिका भर्ना भएका थिए। समग्रमा ६ लाख १ हजार ९९६ विद्यार्थीको पठनपाठन हाल अवरुद्ध भएको छ।सूचना अधिकारी कृष्णबहादुर बोहराका अनुसार शैक्षिक पात्रोअनुसार वैशाख १ देखि १५ गतेसम्म विद्यार्थी भर्ना र त्यसपछि घर–दैलो कार्यक्रम सञ्चालन गरिनुपर्ने भए पनि आन्दोलनका कारण ती सबै गतिविधि प्रभावित भएका छन्।सामुदायिक विद्यालयहरूमा अहिलेसम्म भर्ना प्रक्रिया सुरु हुन नसकेको उनले बताए।
गत शैक्षिक सत्रमा कक्षा १२ मा भर्ना भएका ३४ हजार ७२५ विद्यार्थी परीक्षाका लागि तयारी अवस्थामा रहे पनि परीक्षा स्थगित गरिएको छ। शिक्षा मन्त्रालयले कक्षा १२ को परीक्षा वैशाख २१ गतेसम्मका लागि स्थगित गरिसकेको छ।एकातिर सामुदायिक विद्यालयहरू ठप्प अवस्थामा छन् भने अर्कातिर संस्थागत विद्यालयहरूले भने नियमित अध्यापन सुरु गरिसकेका छन्। निजी विद्यालयमा भर्ना भएका १ लाख ९३ हजार १७७ विद्यार्थीको पठनपाठनमा भने अवरोध छैन।शिक्षकहरूले सुविधा सुनिश्चित गर्न शिक्षा ऐन ल्याउन माग गर्दै आन्दोलन जारी राखेका छन्। तर आन्दोलन लम्बिँदा खासगरी ग्रामीण भेगका बालबालिका सबैभन्दा बढी प्रभावित भएका छन् ।
