शरीरमा पानीको मात्रा कम भय के हुन्छ ?


लेखक : सुन्दराञ्चल      भदौ १७, २०८० मा प्रकाशित     
शरीरमा पानीको मात्रा कम भय के हुन्छ  ?

भदौ १७,जब शरीरमा पानीको मात्रा शरीरबाट निस्किएको पानीको मात्राभन्दा कम हुन्छ भने त्यस्तो अवस्थामा डिहाइड्रेसन हुन्छ। हाम्रो शरीरबाट कुनै न कुनै तरिकाबाट पानी बाहिर निस्कन्छ। पिसाब या पसिनाको माध्यमबाट शरीर पानी शरीरबाट बाहिर निस्कन्छ।

१. थकान
पानीले शरीरलाई उर्जा दिन्छ। डिहाइड्रेसनका कारण इन्जाइममा असर पर्छ, जसबाट शरीको सबै प्रक्रियामा असर पर्छ। पानी कम हुने कारण थकान र सुस्तता महसुस हुन्छ। शरीरमा उर्जा नहुँदा मानिस शारीरिक रुपमा सक्रिय हुन सक्दैनन्।

२. दम
जब शरीरमा पानीको कमी हुन्छ, त्यसपछि श्वासप्रश्वास प्रणालीमा समस्या पैदा हुन्छ। जसका कारण श्वास लिन समस्या हुन्छ। यदि अचानक दम हुन्छ भने बिरामीलाई बढीभन्दा बढी पानी पिउन दिनुपर्छ। पानीका साथ जूस, नरिवल पानी, लस्सी आदि भरपूर पिउन दिनुपर्छ। यसबाट तीब्र गतिमा श्वास लिने समस्या कम हुन्छ।

३. रक्तचाप
गर्मीमा अक्सर पसिना बढी बग्दा शरीरको र गतमा मौजूद पानीको मात्रामा कमी आउन सक्छ। यस्तो अवस्थामा धेरैपानी खाने सल्लाह दिइन्छ। उच्च रक्तचापका बिरामीले छिन छिनमा पानी पिउनुपर्छ। शरीरबाट पानी निस्क्यो भने रक्तचाप कम हुन सक्छ।

४. उच्च कोलेस्टेरोल
उच्च कोलेस्टेरोल एक समस्या हो, जो मुटुका लागि घातक हुन सक्छ। जब आवश्यकताको हिसाबले पानी पिइदैंन, शरीरले बढी मात्रामा कोलेस्टेरोल निमाृण गर्छ। यदि शरीरलाई पर्याप्त पानी मिल्ने हो भने कोलेस्टेरोलको समस्या पैदा हुँदैंन।

५. छालासम्बन्धी समस्या
पानीमार्फत छालाको राम्रो हेरचाह हुन्छ। छालाले शरीरका लागि सुरक्षाकवचको काम गर्छ। यसले पानीको स्तर पनि नियन्त्रित गर्छ। पानी भरपूर पिउनाले छाला नरम पनि बन्छ। पानीको कमी हुँदा छाला रुखो र निस्तेज हुन्छ। डिहाइड्रेसन हुँदा छालामा डर्मटाइटिस, सराइअसिसजस्ता विभिन्न समस्या निम्तने डर हुन्छ।

६. पाचनसम्बन्धी समस्या
शरीरले पर्याप्त पानी नपाउँदा क्याल्सियम र म्याग्नेसियमको कमी हुन्छ, जसबट शरीरमा पाचनसम्बन्धी कयौं समस्या निम्तन सक्छ। जस्तै, अल्सर, ग्यास आदि। खाना पचाउन पनि पानी आवश्यक हुन्छ।

७. तौल बढ्ने
खानाबाट प्राप्त क्यालोरीलाई जलाउन पानीको महत्वपूर्ण भूमिका हुन्छ। पानीको मात्रामा कमी आउनाले क्यालोरी जलाउन पर्याप्त पानी नपाउने हो भने बोसो कम नष्ट हुन्छ र तौल बढ्ने समस्या हुन्छ।

८. मानसिक स्वास्थ्यमा असर
डिहाइड्रेसन मानिसको दिमागको कार्यकुशलतालाई प्रभावित गर्न सक्छ। लण्डनमा मनोचिकित्सा संस्थानका अनुसन्धानकर्ताहरुले के पाए भने शरीरमा जब पानीको कमी हुन्छ, त्यसले उसको दिमागी गतिविधिमा निकै असर पार्छ।

९. मधुमेह
मधुमेह पीडित हुँदा बढेको ब्लड सुगरको स्तर पिसाबको रुपमा बहिर निस्कन्छ। योभन्दा बढी भयो भने कमजोरी महसूस हुन्छ र शरीरमा पानीको कमी हुन्छ।

१०. जोर्नीमा प्रभाव
पानीले हाम्रो जोर्नी र मांसपेशीलाई नरम बनाउँछ। यसको कमी हुनाले जोर्नी वा मांसपेशीमा पीडा हुन सक्छ। शरीरमा पानीको कमीका कारण रगतको मात्रामा पनि कमी आउन सक्छ। रगतमा आउने यो कमीका कारण जोर्नीको समस्या पनि आउन सक्छ।

११. मिर्गौलाको समस्या
शरीरमा निरन्तर चलिरहने अनेक खालका रासायनिक क्रियाका कारण केही विषालु तत्वको निमाृण हुन्छ। यी विषाक्त पर्दा शरीरबाट बाहिर निकाल्न जरुरतहुन्छ। पानी कमहुँँदा यस्ता विषालु तत्व शरीरमा बनिरहन्छन् र कयौं प्रकारका रोग लाग्न सक्छन्।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap