विश्व वातावरण दिवसको अवसरमा गुल्मीमा वृक्षारोपण,


लेखक : सुन्दराञ्चल      जेष्ठ २२, २०७९ मा प्रकाशित     
विश्व वातावरण दिवसको अवसरमा गुल्मीमा वृक्षारोपण,

२२ जेठ, गुल्मी । विश्व वातावरण दिवसको अवसरमा गुल्मीमा वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय गुल्मीको आयोजनामा जिल्लाको रेसुङ्गा नगरपालिकाको वडानम्बर(९ स्थित रेसुङ्गा वालउद्यान धारामुल सामुदायिक वनमा वृक्षारोपण गरिएको हो ।

‘पृथ्वीको संरक्षण दिगो प्रकृतिमैत्री जीवन यापन’ भन्ने नाराका साथ वालउद्यान पार्कमा तेजपत्ता, रिठा, चाँप, कलक, देवदार धुपीलगायतका झण्डै १०० विरुवा रोपिएको डिभिजन वन कार्यालय गुल्मीका सहायक वन अधिकृत मुना शर्माले जानकारी दिइन् । डिभिजन वन कार्यालयले जिल्लाभर डेढ लाख बहुवर्षीय विरुवा उत्पादन गरेको छ ।

 

वृक्षारोपण सिजन सुरु भएकाले अब अन्य क्षेत्रमा पनि वृक्षारोपण गरिने शर्माले बताइन् । विश्व विभिन्न किसिमका वातावरणीय समस्या झेल्दै गइरहेको छ ।

जलवायु परिर्वतन भइरहेको, पृथ्वी तात्दै गइरहेको, वन विनाश तीव्ररुपमा भइरहेको मावनका लागि पृथ्वी बस्न योग्य नहुने हो की भन्ने किसिमको समस्या उत्पन्न हुन थालेपछि आजको दिनलाई विश्व वातावरण दिवसको रुपमा वृक्षारोपण गरेरमनाउन थालिएको हो ।

पछिल्लो समयमा विकास निर्माण, उद्योग, कलकारखाना र विभिन्न कारणले वातावरणमा असर पर्दै जान थालेकाले यसलाई जोगाई राख्न सबैले ध्यान दिनुपर्ने निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए ।

मानवले प्रकृतिको दोहन गर्नाले विभिन्न संकट आइलाग्ने गरेकाले त्यसको अत्यको लागि वोटविरुवा रोप्न र यसको संरक्षण गर्नु आवश्यक रहेको गैरेले बताए ।

मानवले प्रकृतिको दोहन गर्नाले विभिन्न संकट आइलाग्ने गरेकाले त्यसको अत्यको लागि बोटविरुवा रोप्न र यसको संरक्षण गर्नु आबश्यक रहेको रेसुङ्गा नगरपालिका वडानम्बर(९ का वडाअध्यक्ष कृष्ण पोण्डेले बताए ।

डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले वातावरण स्वच्छ राख्न सबैले आ(आफनो ठाउँबाट सहयोग गरे सुन्दर स्वच्छ वातावरण राख्न सकिने बताए ।

विश्व वातावरण दिवसको अवसरमा सबैले आ(आफनो खाली ठाउँमा वृक्षारोपण गर्नुपर्छ भन्ने उदेश्यले वृक्षारोपण गरिएको सापकोटाले बताए । सबै वातावरण संरक्षणमा संलग्न छौं भन्ने उदेश्यले सबैले एउटा(एउटा विरुवा रोपौं भनेर सांकेतिक रुपमा वृक्षारोपण गरिएको उनले बताए ।

मानवको बस्ती विकाससँगै विभिन्न कारणले वातावरणीय क्षेत्रमा असर पर्दै जान थालेकाले संरक्षणमा सबैको ध्यान पु्ग्न जरुरी रहेको बताए । वातावरण स्वच्छ सुन्दर रहे हामी रहने हुँदा आफ्नो भन्दा पनि हाम्रो लागि वातावरण जोगाउनु यसलाई संरक्षण गर्नु आवश्यक रहेको सापकोटाको भनाइ छ ।अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap