विमान दुर्घटनामा सरकारले राष्ट्रिय शोकमा बिदा दिएका कारण सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित,


लेखक : सुन्दराञ्चल      माघ २, २०७९ मा प्रकाशित     
विमान दुर्घटनामा सरकारले राष्ट्रिय शोकमा बिदा दिएका कारण सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित,

माघ २ गते  सभामुख चयनका लागि सोमबार बिहान ९ बजेका लागि बोलाइएको सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ ।

पोखरामा आइतबार भएको विमान दुर्घटनामा सरकारले राष्ट्रिय शोकमा बिदा दिएका कारण बैठक स्थगित गरिएको हो ।

प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बिहान बसेको सर्वदलीय बैठकले प्रदेश सभाको बैठक स्थगित गरेको हो ।

मंगलबार बिहान १० बजे बैठक बोलाउने सहमति पनि भएको छ ।सोही बैठकमा सभामुख चयनका लागि मतदान हुनेछ ।प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । उक्त व्यवस्थाअनुसार सुदूरपश्चिममा सोमबार राति १२ बजेसम्म सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने थियो तर राष्ट्रिय शोकका कारण आजको दिनलाई गणना नगर्ने सहमति दलहरुबीच भएको छ ।

सभामुख चयनका लागि यसअघि २८ र ३० पुसमा मतदान भएको थियो । तर एमाले नेतृत्वको गठबन्धनका उम्मेदवार भीम भण्डारी र कांग्रेस गठबन्धनका मानबहादुर रावलले बहुमतका लागि आवश्यक पर्ने २७ मत नल्याउदा पुनः मतदानमा गएको हो ।

३० पुसमा भएको पुनः मतदानमा सत्तारुढ गठबन्धनको निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा प्रदेशसभाले सभामुख नपाएको हो ।

उन्मुक्ति पार्टीले अब हुने मतदानमा पनि के गर्ने ? भन्ने विषयमा छलफल भइरहेको र निर्णयमा नपुगेको जनाएको छ अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap