विद्यालय खोलेकै आधारमा विद्यालयलाई कारबाही नगर्न,


लेखक : सुन्दराञ्चल      कार्तिक ३, २०७९ मा प्रकाशित     
विद्यालय खोलेकै आधारमा विद्यालयलाई कारबाही नगर्न,

३ कात्तिक, काठमाडौं । कपिलवस्तुको शिक्षा विकास तथा समन्वय इकाइले विद्यालय खोलेकै आधारमा विद्यालयलाई कारबाही नगर्न बाणगंगा नगरपालिकालाई पत्र काटेको छ ।

बाणगंगा नगरपालिकाले दशैं तिहारको बीचमा पठन पाठन गर्ने नगरभित्रका संस्थागत विद्यालयलाई कारबाही गर्ने र नगरपालिकाबाट दिइने कुनै सुविधा नदिने चेतावनी दिएको थियो ।

त्यसविरुद्ध विद्या मन्दिरका संस्थापक प्रिन्सिपलले शिक्षा विकास तथा समन्वय इकाइ कपिलवस्तुमा उजुरी दिएका थिए ।

त्यसपछि इकाइले नगरपालिकालाई पत्र पठाउँदै भनेको छ, ‘नेपाल सरकारले निषेध गरेको समय बाहेक विद्यालय खोली पठनपाठन गरे बापत विद्यालयलाई कारबाही गर्न मिन्ले कानुन संघीय शिक्षा ऐन तथा नियमावलीमा कतै पनि व्यवस्था नभएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।’

असोज २५ गते नगरपालिकाले गरेको निर्णय विपरीत दशैं तथा दिपावलीको बीचको समयमा विद्यालय सञ्चालन गरेपछि नगरपालिकाले २७ गतेदेखि विद्यालय बन्द गर्नुपर्ने निर्णय गरेको र उक्त निर्णय कार्यन्वयन भए नगरबाट दिईने सेवा सुविधा रोक्ने चेतावनी दिएको थियो ।
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap