वाईसीएलको सुदूरपश्चिम प्रदेश सम्मेलन वैशाख ३० र ३१ गते धनगढीमा हुने


लेखक : सुन्दराञ्चल      बैशाख २९, २०८२ मा प्रकाशित     
वाईसीएलको सुदूरपश्चिम प्रदेश सम्मेलन वैशाख ३० र ३१ गते धनगढीमा हुने

धनगढी । नेकपा (माओवादी केन्द्र) को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)को प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलन हुने भएको छ ।सम्मेलन यही वैशाख ३० र ३१ गते धनगढीमा हुने र सम्मेलनको तयारी पूरा भएको वाईसीएलका केन्द्रीय उपमहासचिव तथा सुदूरपश्चिम इन्चार्ज मीनबहादुर घर्तीमगर ‘विश्व’ले जानकारी दिए ।

उनले सम्मेलनमा प्रदेशका नौ वटै जिल्लाबाट दुई सय २८ जना प्रतिनिधिको सहभागिता रहने बताए । उनले भने ‘प्रत्येक पालिकाबाट दुई जनाका दरले,प्रत्येक जिल्लाबाट पाँच जना र प्रदेशबाट सात जना प्रतिनिधीको सहभागिता हुने छ ।’

सम्मेलनले १३ पदाधिकारीसहित ७१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने उनले जानकारी दिए । इन्चार्ज घर्तीमगरका अनुसार कार्यसमितिमा ३३ प्रतिशत महिला अनिवार्य राखिने छ ।

वैशाख ३० गते २ वजे धनगढीको रिद्धीसिद्धी पार्टी प्यालेसमा सम्मेलन उद्घाटन हुने उनले जानकारी दिए । सम्मेलन उद्घाटनपूर्व १२ देखि १ बजेको बीचमा धनगढी चौराहाबाट ¥याली निकालिने उनले बताए ।

सम्मेलनको उद्घाटन माओवादी केन्द्रका उपमहासचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले गर्ने जनाइएको छ । वाईसीएलका फ्याक्सन इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’,वाईसीएलका केन्द्रीय अध्यक्ष सुवोध श्रीपाली,बरिष्ट उपाध्यक्ष कसन गुरुङ,उपाध्यक्ष मञ्जु बम,महासचिव गणेश राईलगायतको उपस्थिति रहने जनाइएको छ ।

सम्मेलनको उद्घाटन कार्यक्रममा सुदूरपश्चिमका कला संस्कृति झल्किने छलिया नाच,थारु झुम्रा नाच,मगर समुदायको नौमति बाजा र मारुनी नाचलगायत प्रस्तुत गरिने इन्चार्ज घर्तीमगरले जानकारी दिए । नेतृत्व चयनका लागि अधिकतम सहमतिको प्रयास गरिने तथा सहमति हुन नसके विधिमार्फत नेतृत्व चयन गरिने उनले बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap