वनगाउँमा वृद्ध महिलालाई ठक्कर दिएर भारतीय नम्बर प्लेटको मोटरसाईकल चालक फरार


लेखक : सुन्दराञ्चल      अशोज २८, २०८० मा प्रकाशित     
वनगाउँमा  वृद्ध महिलालाई ठक्कर दिएर भारतीय नम्बर प्लेटको मोटरसाईकल चालक फरार

धनगढी २८, असोज  वनगाउँमा सामान किन्न गएकी वृद्ध महिलालाई ठक्कर दिएर भारतीय नम्बर प्लेटको मोटरसाईकल चालक फरार भएका छन् ।
दैनिक उपभोग्य सामग्री किन्न भारतको वनगाउँ गएकी धनगढी–३ बोराडाँडीकी ६८ बर्षीया देवकी धानुकलाई त्यहाँको बजार नजकै ठक्कर दिएर चालक मोटरसाईकल सहित फरार भएका हुन् ।
वनगाउँबाट गौरिफण्टा नाकासम्म यात्रु ओसार्ने काम गर्दै आएका मोटरसाईकल चालकले हिड्दैगरीको अवस्थामा ठक्कर दिएर फरार भएको घाइते महिलाका छोरा प्रकाश धानुकले बताए । दुर्घटनामा परी उनकी आमाको हात र खुट्टा भाँचिएको उनले बताए । अहिले धनगढीको मायामेट्रो अस्पतालमा आमाको उपचार भइरहेको छोरा धानुकले बताएका छन् ।
ठक्कर दिने मोटरसाईकलको नम्बर चिनेको भए जानकारी गराईदिन पनि उनले आग्रह गरेका छन् । घटनास्थल नजिकै धेरै नेपाली थिए,’ उनले भने, ‘ती मध्य कसैले मोटरसाईकलको नम्बर पहिचान गरेको भए जानकारी गराई सहयोग गरिदन अनुरोध छ ।’ आमाको उपचार गर्न आफुलाई आर्थिक अभाव रहेको उनले बताए । ‘दुर्घटनाका कारण आमाको हात र खुट्टा भाँचिएको छ,’ धानूनकले भने, ‘अप्रेसन गर्नुपर्छ भनेका छन्, ‘खर्च धेरै लाग्नेहोला कसरी खर्च जुटाउने भन्ने परि परेको छ ।’ मोटरसाईकल नम्बर कसैले चिनेको भए ९८०४६२२६२२ मा सम्पर्क गरिदिन पनि उनले अनुरोध गरेका छन् ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap