वडा नं. २ को टोल विकास संस्थाहरुलाई दर्ता प्रमाण पत्र प्रदान गर्नुका साथै सम्मान प्रदान


लेखक : सुन्दराञ्चल      माघ ९, २०८२ मा प्रकाशित     
वडा नं. २ को टोल विकास संस्थाहरुलाई  दर्ता प्रमाण पत्र प्रदान गर्नुका साथै सम्मान प्रदान

धनगढी उपमहानगरपालिका वडा नं.२ मा गठन गरिएका २९ वटा टोल विकास संस्थाका अध्यक्षहरुलाई वडा कार्यालयमा एक कार्यक्रम आयोजना गरि दर्ता प्रमाण पत्र प्रदान गर्नुका साथै सम्मान प्रदान गरेको छ । वडा नं. २ का अध्यक्ष धर्म राज ओझा र वडा सदस्य केशव राज पन्त , मिना रैका ले सम्मान गरेकाहन् । दुई वर्ष अगाडि धनगढी उपमहानगरका सबै वडाहरुमा टोल विकास संस्था गठन गरिएका थिए । उपमहानगरको सरसफाई र आर्थीक सामाजिक र भौतिक पुर्वाधारको विकासमा प्रत्यक्ष स्थानीयको सहभागिता गर्ने उदेश्यले टोल विकास संस्थाको गठन गरिएको थियो । कार्यक्रममा वडा अध्यक्ष ओझाले वडा नं. २ को विकासमा आफुले सक्ने कुनै कसुर वाँकि नराख्ने बताए । उनले आप्नोे कार्यकाल टोलको विकासमा नै लागाउने भन्दै कहि कतै वाडाबासीको चाहाना र आवश्यकता अनुसार आफुबाट केहि कमि कम्जोरी भए वडाको बजेट र जनशक्तिले भ्यायसम्म वडा बासीको सुझाव सल्लाह अनुसार काम गर्न तयार रहेको बताए । आफु सधै टोल विकास संस्था संग छलफल र समन्वय गरेर अघि बढ्ने उनको धारणा थियो । कार्यक्रममा वडाले भर्खरै सम्पन्न धनगढी डान्स च्याम्पेन्सिपमा प्रथम हुने वडानं. २ की परिधि दाहाललाई समेत सम्मान गरेको थियो । कार्यक्रमको सञ्चालन वडा नं. २ की परिचालिका निर्मला खण्काले गरेकी थिईन् भने वडा सचिब सुर्य बहादुर कार्की लगाएतको सहभागिता रहेको थियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap