लोप हुँदैछन् गिद्ध ? नेपालबाट


लेखक : सुन्दराञ्चल      भदौ २२, २०८० मा प्रकाशित     
लोप हुँदैछन् गिद्ध ?  नेपालबाट

२२ भदौ गिद्ध प्राकृतिक कुचीकार हुन् । यिनले ठूला मृत जनावर खाएर वातावरण सफा गर्न महत्त्वपूर्ण भूमिका खेल्छन् । पौराणिक कथाअनुसार सीतालाई रावणको चङ्गुलबाट बचाउन गिद्धको राजाले आफ्नै बलि दिएका थिए । जोरोस्ट्रियनवादको अनुयायीहरू परम्परागत रूपमा लासको तह लगाउने काममा गिद्धमा आश्रित थिए । त्यसैले पारसी समुदायका लागि धेरै शताब्दीसम्म महत्त्वपूर्ण पारिस्थितिक प्रणाली सेवा पुर्‍याउन गिद्धले मद्दत गरेको देखिन्छ ।

वातावरण सन्तुलनको भूमिका 
नेपालमा करिब १५ देखि २० हजार गिद्ध भएको अनुमान छ । तीमध्ये सेतो रम्पेड र पातलो बिलेड प्रजातिका नेपालमा पाइन्छन् । गिद्धलाई खुला रूपमा देख्न सकिन्छ । तिनीहरूले खुला ठाउँमा रहेको सिनो खाएर वातावरणको सफा गर्ने महत्त्वपूर्ण काम गर्दछन् ।

सन् १९९५ देखि २००९ सम्ममा करिब ९० प्रतिशत सेतो रम्पेड तथा पातलो बिलेड गिद्धहरूको सङ्ख्या घटेर गएको विभिन्न अध्ययनले देखाएका छन् । पछिल्ला वर्षहरूमा सरकारी तथा गैरसरकारी तथा निजी क्षेत्रले गिद्ध संरक्षणका प्रयास थालेका छन् । नेपालमा पनि गिद्ध प्रजनन केन्द्र स्थापना गरिएको छ । गिद्ध भोजनालयको स्थापना गरिएको छ । गिद्ध संरक्षण प्रतिष्ठान गठन गरिएका छन् । गिद्धहरू वातावरणको प्राकृतिक सफाइकर्ता हुन् । यसले मृत एवं कुहिएको जनावर हुनाले माटोमा खनिज फिर्तीको प्रक्रियालाई बढवा दिन्छ ।  त्यस्तै मृत जनवारलाई निमिट्यान्न पारेर खाने हुनाले त्यसबाट रोग फैलने प्रक्रियालाई रोक्ने काम गर्छ । गिद्धको अभावमा भुस्याहा कुकुरको सङ्ख्या बढ्छ । त्यसले गर्दा रेबिज जस्ता रोग फैलिन सक्छ ।

दक्षिण एसिया क्षेत्रमा गिद्धका विभिन्न नौ प्रजाति रहेका छन् । तीमध्ये नेपालमा ६ वटा प्रजातिका गिद्ध रहेका छन् । तिनीहरू सेते रम्पेड (जिप्स बेगालेन्सिस) पातलो बिलेड (जिप्स टेनुइरोस्ट्रिस) अन्तर्गतका हुन् । इजिप्सियन गिद्ध (मियोफ्रोन परसेनोप्टेरस) रातो टाउके गिद्ध (सारकोजिप्स कालभस), हिमालयन ग्रिफोन (जिप्स हिमालाएनसीस) र लाम्मेरजिएर गिद्ध (जिपिएटस बारबाटस) हुन् ।

अन्तर्राष्ट्रिय प्राकृतिक संरक्षण सङ्घ (आईसीयूएन) ले जीवन क्रियाशील भइरहेको बेला बाँच्ने सम्भावना कम भएका तथा लोप हुन सक्ने प्राणीलाई खतरामा रहेको प्रजाति भनेको छ । आर्कोतिर लोप हुने उच्च जोखिममा रहेका जङ्गली प्रजाति जुन निकट भविष्यमा हराएर जाने सम्भावना भएका प्रजातिलाई आलोचनात्मक लुप्त प्रायः प्रजाति भनिएको छ ।

बढ्दो विषादीको प्रयोग

पशुपालक किसानहरूले पशुलाई निरोगी बनाउन विभिन्न किसिमका औषधीको प्रयोग गर्छन् । त्यस्ता औषधीमध्ये एनालजेसिक डिकलोफेनाक पनि एक हो । यो औषधी किसानले अत्यधिक प्रयोग गर्छन् ।

यो औषधी गाईभैँसीको जोर्नी दुखाइको उपचारका लागि प्रयोग हुन्छ । नेपालमा मात्र होइन भारतमा पनि किसानहरूले पशुहरू बिरामी भए भने  यो औषधी प्रयोग गर्छन् । त्यस्तो औषधी पशुको शरीरबाट बाहिर निस्कन लामो समय लाग्छ । पशु मर्दा पनि यो औषधीको प्रभाव शरीरमा रहिरहन्छ । साथै यो औषधीले मिर्गौलालाई पनि असर गर्छ । यो औषधीको प्रयोग भएका विषाक्त अवशेषसहित लासलाई गिद्धले खाए भने मर्छन् । किनभने त्यसले गिद्धको मिर्गौलालाई पनि यसले असर गर्छ । अनि मिर्गौलाले काम गर्न छाड्छ र गिद्ध मर्छन् ।

त्यस्तै गाईबस्तु मार्ने मांसाहारी पशुलाई मार्न चारोको रूपमा प्रयोग गरिने विषालु सिनो पनि नेपालमा गिद्धका लागि खतरा मानिन्छ । दुर्घटनावश गिद्धले त्यस्ता सिनो खाँदा गिद्धहरू मर्छन् ।

यस्तै चोरी सिकारी गर्नेहरूले वन्यजन्तुको छाला, हात्तीका दाँत, बिना, सिङ, पित्त, मृगको सिङ जस्ता अङ्गका लागि यस्ता जनावरहरूलाई विष हालेर मार्ने गर्दछन् । त्यसरी मरेर छोडेका वन्य जन्तुको सिनो गिद्धले खाँदा गिद्ध पनि मर्ने गरेका छन् ।

जङ्गली चितुवा, बाघ, स्याल, ब्वाँसोको बढ्दो आक्रमणले पनि गिद्धको सङ्ख्या न्यून भएको हो ।

त्यसैगरी कीटनाशक विषादीको प्रदूषणले पनि गिद्ध मर्ने खतरा मानिन्छन् । क्लोरिनेटेड हाइड्रा कार्बन, डीडीटी (डाइक्लोरो डाइफेनाइल ट्राइक्लोरोइथेन) किटनाशक विषदीका बालीनाली सपार्न प्रयोग गरिन्छ । त्यस्तो बाली खाँदा जनावरहरूको मृत्यु हुन्छ । त्यस्तो विषदीयुक्त सिनो खाँदा गिद्धका शरीरमा पनि विष प्रवेश हुन्छ । त्यसबाट गिद्धको शरीरमा इस्ट्रोजन हर्मोनमा गडबढ गर्छ । त्यस्ता गिद्धले अण्डा पारे पनि त्यसका बोक्रा कमजोर हुन्छन् । फलस्वरूप समयपूर्व फूल कोरल्न पुग्दा भ्रूणहरूको मृत्यु हुने गर्छ ।

सामान्यतः गिद्धले एक पटकमा एउटा मात्र अण्डा पार्छ । प्राकृतिक रूपमा यिनको प्रजनन दर सुस्त हुन्छ ।

अहिले सरकारले डाइक्लोफेनाक औषधीमाथि प्रतिबन्ध लगाएको छ । त्यसको विकल्पका रूपमा मालोकसिकाम प्रयोग गर्न सिफारिस गरको छ । तर त्यो औषधी अझै गैर कानुनी रूपमा लुकिछिपी किसानले प्रयोग गरिराखेका छन् । त्यसैले गिद्ध मर्नेक्रम जारी छ ।

आज गिद्धहरू नेपालबाट हराउँदै जानु एउटा गम्भीर चिन्ता र चासोको विषय बनेको छ । तत्काल यो चरा संरक्षण गरिनु पर्छ । डिक्लोफेनाकको प्रभावकारी वैकल्पिक औषधीको विकास गर्नु आवश्यक छ । अहिले उपलब्ध हुँदै आएको मेलोकसिकामलाई अनुदान दिनुपर्ने आवश्यकता डट्कारो रूपमा देखिएको छ ।

नियन्त्रित प्रजनन गिद्धहरूलाई पुनः जङ्गली अवस्थामा पुनर्स्थापना गर्ने गरी बन्धन प्रजनन कार्यक्रम सञ्चालन गर्नुपर्छ ।

गिद्धका भोजनालय विषादीयुक्त, स्वच्छ, सफा तथा स्वस्थ्य वर्द्धक बनाउनु आवश्यक छ । नासिँदै गएका प्राकृतिक वासस्थान पुनः स्थापित गर्नु आवश्यक छ । यस्तै कृषिक्षेत्रमा बालीनाली बोटबिरुवामा लाग्ने कीराफट्याङ्ग्रा नियन्त्रण गर्ने क्लोरिनेटेड हाइड्रकार्बन, डीडीटी जस्ता कीटनाशक औषधीको प्रयोगमा पूर्ण निषेध हुनुपर्छ । अनि मात्र यी प्रकृतिका कुचीकार सुरक्षित मात्र हुने छैनन्, हाम्रो वरिपरिको वातावरण पर्यावरण अनि पारिस्थितिक प्रणाली सुरक्षित रहने छ । अनि मात्र मानव जनसमुदाय पनि सुरक्षित रहने छ । रातोपाटी

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap