लोकतान्त्रिक यातायात व्यवसाय सङ्घको नयाँ कार्यसमिति चयन


लेखक : सुन्दराञ्चल      चैत्र ५, २०८१ मा प्रकाशित     
लोकतान्त्रिक यातायात व्यवसाय सङ्घको नयाँ कार्यसमिति चयन

धनगढी  ६ चैत,  नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घ कैलाली जिल्लाको प्रथम अधिवेशन धनगढीमा सम्पन्न भएको छ। प्रथम जिल्ला अधिवेशनले चेतराज जोशीको अध्यक्षतामा सर्वसहमत ११ सदस्य नयाँ कार्यसमिति समेत चयन गरेको छ । त्यस्तै नयाँ कार्यसमितिको उपाध्यक्षमा टेक बहादुर देउवा, सचिवमा भोजराज भट्ट, सहसचिवमा टेकराज भण्डारी, कोषाध्यक्षमा विक्रम स्वार चयन भएका छन्  ।

त्यस्तै सदस्यमा मिनबहादुर कुँवर ,ध्रुव कार्की ,धनबहादुर बिष्ट, तेजबहादुर खड्का, प्रसाद सिंह खड्का, र पुष्पा भण्डारी चयन हुनुभएको छ । प्रथम जिल्ला अधिवेशनमा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घका केन्द्रीय उपाध्यक्ष उपेन्द्र बिष्ट प्रमुख अतिथि रहेका थिए। त्यस्तै कार्यक्रममा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ सुदूरपश्चिम प्रदेशका सह कोषाध्यक्ष टेकराज जोशी धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बुद्धिबहादुर खड्का को सहभागिता रहेको थियो ।

नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घ सुदूरपश्चिम प्रदेशका महासचिव भीमबहादुर कुँवरले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा विभिन्न यातायात व्यवसायीहरूको सहभागिता रहेको थियो।

प्रथम अधिवेशन कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपेन्द्र बिष्टले यातायात क्षेत्रका समस्या समाधानमा सम्पूर्ण क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको बताए ।

rojgar mela

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap